back
CTIZAN AD

गल्कोट समाज जापानको खण्डन, व्यक्तिगत विषयमा संस्थालाई नजोड्न अध्यक्ष खत्रीको आग्रह

वि.सं.२०७७ भदौ १९ शुक्रवार

1.2K 

shares

१९ भदौ, काठमाडौँ । गल्कोट समाज जापानले विगत केही दिनदेखि जापानमा रहदै आएका अनुज केसीले गलकोट समाजको टिमले कुटपिट गर्यो भनेर सामाजिक सञ्जालमा फैलाईएको भ्रम निराधार हो र असत्य भएको भन्दै खण्डन गरेको छ ।

गल्कोट समाजका अध्यक्ष दिलु खत्रीले एक सूचना जारी गरी पदाधिकारीहरुका विषयमा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै खण्डन गरेका छन् ।

चित्त नबुझेका कुराहरु बसेर छलफलबाट निकास निकाल्ने अवस्था हुँदा हुँदै पनि निरन्तररुपमा सामाजिक सञ्जालमार्फत गलकोट समाजलाई जोडेर भ्रम फैलाउने काम भएको भन्दै अध्यक्ष खत्रीले व्यक्तिगत आरोपलाई लिएर संस्थालाई नमुछ्न र बिषयमा भ्रम नफैलाईदिन समेत अनुरोध गरेका छन् ।

आरोपित केसीले गल्कोट समाज जापानमा आबद्ध केही व्यक्तिहरुको नामै किटान गरी विभिन्न खालको आरोप लगाउँदै आएका छन् ।

यस्तो छ गल्कोट समाज जापानका अध्यक्ष दिलु खत्रीद्वारा सार्वजनिक अनुरोध :

गल्कोट समाजलाई माया गर्नुहुने हजुरहरु सबैलाई नमस्कार

बिगत केहि देखी गलकोट समाज जापान सामाजिक सञ्जालमा बिभिन्न पक्ष बिपक्षमा बिबाद फैलिएको छ । कोही ब्यक्तिको ब्यक्तिगत बिबादको जड समाजभित्र आएपछी त्यो बिबादलाई हामीले पटक पटक बसेर मिलाई सकेको अवस्था हो। चित्त नबुझेका कुराहरु बसेर छलफलबाट निकास निकाल्ने अवस्था थियो तर पनि गलकोट कै एउटा भाईले निरन्तर फेसबुक लाईभबाट गलकोट समाजलाई जोडेर भ्रम फैलाउन नछाडेपछी केही दिन पहिला उनि लाईभ आउने पार्कमा गएरै उनिसँग छलफल गरेर निकास निकाल्न गलकोट समाज जापानका अध्यक्ष, उपाध्यक्षहरु, संरक्षकसहित जिम्मेवार व्यक्तिहरु पार्कमा पुगेका थियौ । उनि भाईले लाईभबाटै समाजका साथीहरुलाई गाली गर्दै गर्दा केही अपशब्दहरु प्रयोग गर्नुभएको रहेछ । आबेशमा अपशब्द प्रयोग भएकोमा हाम्रो समाजका साथीहरुले संस्थामा क्षमा मागिसक्नु भएको छ । तर जसरी उनि भाईले गलकोट समाजको टिमले कुटपिट गर्यो भनेर सामजिक सञ्जालमा फैलाईएको भ्रम निराधार हो, असत्य हो, यो आरोपलाई हामी खन्डन गर्न चाहान्छौ ।
गलकोट समाज प्रति सामाजिक सञ्जालमा जुन भ्रम फैलियो त्यो भ्रमलाई चिर्न सामाजिक सञ्जालमा लेख्ने बहस गर्ने क्रममा गलकोट समाजसँग जोडीएर भएको बिबादबाट प्रश्न चिन्ह खडा भई कोही संस्थामा आबध्द ब्यक्ती बाट या संस्था सँग सम्बन्धित नरहे पनि कोही गलकोटे दाजुभाई बाट लेखिका ज्वाला सँग्रौला माथी नारीको चरित्रमा दाग लाग्ने शब्द प्रयोग भएको, भिजा सम्बन्धी प्रश्न गरेको भन्ने बिषयमा दुख ब्यक्त गर्दछौ । कसैको चरित्र माथी प्रश्न उठाउनु गलत हो, यस्ता गंम्भिर बिषयमा सम्बन्धित पक्षबाट माफी माग्न र आगामी दिनमा कोही कसैले पनि यस्ता शब्द प्रयोग नगर्न हार्दीक अनुरोध गर्दछौ । साथै कोही पनि ब्यक्तिको भिजा सम्बन्धी प्रश्न गर्ने अधिकार जापानको अध्यागमन सँग मात्र रहेको र कोही पनि ब्यक्ति या संस्थाले त्यस्ता प्रश्न गर्न नमिल्नेमा हामी जिम्मेवार छौ । यि यस्ता जुन बिबादहरु सामाजिक सञ्जालमा आएका छन् यि बिबादहरुमा कुनै संस्थागत संलग्नता नरहेको जानकारी गराउन चाहान्छौ । यि सबै बिषय र बिबादमा गंभिर ध्यानाकर्षण भएको छ र सम्बन्धित बिषयमा बिबादित पक्ष नै यसमा जिम्मेवार भई आत्मआलोचना गर्नु नै समाधान हो भन्ने हामीलाई लागेको छ। यस्ता बिषयमा संस्थालाई मुछेर बिषयमा भ्रम नफैलाईदिन र संस्था लाई नमुछिदिन पनि हार्दिक अनुरोध गर्दछौ ।
धन्यबाद ।
दिलु खत्री
अध्यक्ष
तथा NPO गल्कोट समाज जापान परिवार ।

वि.सं.२०७७ भदौ १९ शुक्रवार १५:१२ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...