back
CTIZAN AD

फूलले बजार नपाएपछि पुष्प व्यवसायीमा चिन्ता

वि.सं.२०७७ भदौ २० शनिवार

813 

shares

२० भदाै, काभ्रे । ग्रीन हाउसभित्र ढकमक्क विभिन्न थरीका फूलहरु फुलिरहेका छन् । फूल फुलेर ओइलिँदै गएपनि बजार नपाएपछि व्यवसाय भने सामान्य गोडमेल र सरसफाइ बाहेकका अरु काम गर्ने अवस्था नै नभएको पुष्प व्यवसायी बताउँछन् । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ नयाँ बस्तीमा रहेको चण्डेश्वरी फ्लोरिकल्चर फार्मका फूलले बजार नपाएपछि व्यवसायी चिन्तित बनेका हुन् ।

उत्पादन भएर बजारीकरण गर्ने बेलामा कोरोना भाइरस महामारीका कारण बन्दाबन्दी भएपछि फूल ग्रीन हाउसमा नै सुकेर गएको फार्म सञ्चालकले बताए । बनेपाका युवा व्यवसायी विकास वादे, प्राणनाथ कायस्थ र कान्छा मानन्धरले शुरु गरेको पुष्प व्यवसाय फस्टाए पनि बेच्ने बेलामा कोरोनाको महामारीसँगैको बन्दाबन्दीले फूल सुकेर गएको बताए ।

काभ्रेपलाञ्चोकमा उत्पादन भएको फूलको माग काठमाडौँको बजारमा राम्रो भएको कारण पछिल्लो समयमा जिल्लामा फूल उत्पादन गर्ने पुष्प व्यवसायी बढेका थिए । फार्म सञ्चालक प्राणनाथ कायस्थ भन्छन्, “अरुले खेती गरेको देखेपछि साथी मिलेर गरेको खेती राम्रो भएको थियो, बन्दाबन्दीले बजारसम्म लान पाइएन”, उनले भने, “लगानी गर्नुमात्रै भयो ।”

तीन जना मिलेर करिब ४० लाख लागतमा १२ वटा ग्रीन हाउस बनाएर खेती गरेको तर बजार लान नपाउँदा घाटा व्यहोर्नुपरेको अर्का सञ्चालक विकास वादेले बताए । बन्दाबन्दी असार र साउनमा डेढ लाखसम्मको फूल बेचेको भएपनि त्यसले ज्याला समेत नउठेको उनले बताए । एकातिर बजार नपाउनु अर्कोतिर अलिअलि गरेर बेचेको फूलपनि बजारभाउभन्दा आधा मूल्यमा बेचेको उनले बताए ।

बन्दाबन्दी नभएको भए यसबीचमा पाँच /छ लाखको फूल बिक्री हुनेथियो । आम्दानी लिन नपाए पनि वार्षिक डेढलाख भाडा तिर्नुपरेको उनीहरुले बताए । “लाखौँको लगानी गरेर शुरु गरेको खेती उत्पादन भएर बजार नपाउँदाको जस्तो पीडा अरु छैन, आगामी दिनमा सरकारले सहुलीयत ऋण र अनुदान व्यवस्थापन गरिदिएको खण्डमा यो व्यवसायलाई निरन्तर अगाडि बढाउन सहज हुनेछ”, उनीहरुले भने ।

उक्त फार्ममा जर्वेरा, पिकक्, जिप्सी, सयपत्री र रजनीगन्ध(ट्युरोज) लगायतका फूल छन् । अर्का पुष्प व्यवसायी सरराज उप्रेतीले यस वर्ष उत्पादन भएको फूल बिक्री गर्न नपाएरै सुकेर गएको बताए । दुई वर्ष अगाडि श्री प्राणनाथ फ्लोरा फार्म स्थापना गरी शुरु गरेको फूल खेतीले एक वर्ष अगाडि सयपत्री फूल बेचेर मात्रै सात लाखसम्म बिक्री गरेको भएपनि यस वर्ष टनेलभित्र नै ओइलिएर गएको उप्रेतीले बताए ।

“यस वर्ष त सबै फुलेको फूलहरु मल बनाउनुपर्यो”, उनले भने, “गत वर्षतिर मागअनुसार उत्पादन गर्न नसकेकोमा यस वर्ष भने पुष्प व्यवसायीको लगानी बालुवामा पानी भने जस्तै सबै फूलहरु फाल्नुपर्यो ।” रासस

वि.सं.२०७७ भदौ २० शनिवार १२:५३ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...