झ्याँउ झ्याँउ झ्याँउकिरी बास्यो
साँझको बेलामा
घरमा भाइ बैनी रुन्छन्
आमा छन् मेलामा ।
लगायत नबजाऊ सारङ्गीको तार, सिमली छायाँमा बसी, कलिलैमा चुडेर लग्यो बोलका प्रगतिशील एवम् क्रान्तिकारी गीतको प्रस्तुति गरिसकेपछि मलार्ई एक जना सरले मेरो नाम सोध्नुभयो । मैले मेरो नाम, विद्यालय र पारिवारिक पृष्ठभूमि वताए । उहाँले मेरो प्रस्तुतिको प्रशंसा गर्नुभयो । मेरो जेठो दाइलार्ई चिनेको कुरा गर्नुभयो र आफ्नो परिचय दिनुभयो – मेरो नाम कृष्ण गौतम हो र मैले हटियाको जनसेवा संस्कृत मा.वि.मा पढाउँछु । नेपाल रेडक्रस सोसाइटी पर्वतले २०५० सालमा आयोजना गरेको जिल्लास्तरीय अन्तर विद्यालय कार्यक्रममा यसरी पहिलोपटक परिचय भएको थियो कृष्ण दाइसँग सेतीवेणीको श्री शालिग्राम उच्च मा.वि. मा । एक दशकदेखि कम्युनिस्ट कार्यकर्ताको रुपमा काम गरेका मेरा दाइ रामप्रसाद काफ्लेलार्ई चिनेको भन्दै प्रगतिशील गीतको प्रस्तुतिका लागि मलार्ई स्याबासी दिए पछि मलार्ई त्यतिखेरै लाग्यो कृष्ण दाइ क्रान्तिकारी विचारको हुनुहुन्थ्यो ।
अझैसम्म उहाँ जस्तो बुद्धिजीवी समाजसेवी व्यक्तित्वलार्ई राजनीतिक आस्थाकै आधारमा किन मारियो भन्ने प्रश्न मनमा आइरहन्छ । उहाँ लगायत उहाँका चार साथीहरू जसले एकै ठाउँमा सहादत प्राप्त गर्नुभयो, उहाँहरू निहत्था हुनुहुन्यो । कुनै हतियार थिएन साथमा उहाँहरू माथि शंका थियो भने या उहाँहरूका कारण शान्ति खल्बलिएको थियो भने पनि पक्राउ गरेर कानुन बमोजिम सजाय दिन सकिन्थ्यो । तर विडम्वना, उहाँहरूको हत्यामा तत्कालीन प्रशासन लाग्यो । ती हत्याराहरू अहिले के गर्दै होलान् ?
दोस्रो भेट मेरो २०५७ सालमा काठमाडौँँमा भयो । त्यतिखेर उच्च शिक्षाका लागि म देशको राजधानी आएको तीन वर्ष भइसकेको थियो । मैले कक्षा ८ मा पढ्दाखेरी पहिलो पटक भेटेकी कृष्ण दाइलार्ई दोस्रो पटक भेट्दा म स्नातक तहमा अध्ययनरत थिएँ । कृष्ण दाइ पहिलेझैँ मृदुभाषी, सरल स्वभावको एवम् उत्तिकै क्रान्तिकारी र प्रेरणादायी हुनुहुन्थ्यो, जतिखेर मैले नागरिक सरोकार समाजको कार्यक्रमका सन्दर्भमा सो संस्थाको वागबजारस्थित कार्यालयमा उहाँलार्ई भेट्ने मौका पाएँ । देशमा माओवादी जनयुद्धको रफ्तार उच्च गतिमा थियो र मलार्ई थाहा थियो कृष्ण दाइ माओवादी आन्दोलनमा संलग्न हुनुहुन्थ्यो । जनयुद्ध घनिभूत भएको बेला एक माओवादी नेतालार्ई खुलेआम राजधानी सहरमा देख्न दुलर्भ नै मानिन्थ्यो त्यतिखेर । तैपनि कृष्ण दाइ आफ्नो क्रान्तिकारी प्रतिबद्धतासँगै सामाजिक कार्यलार्ई उत्तिकै महत्व दिएकाले प्रशासनको निगरानीमा भए पनि निशाना भने हुनुहुन्थ्यो, कम्तीमा मलार्ई त्यतिखेर यस्तो लागेको थियो ।
पर्वत जिल्लाको सामजिक कार्यलार्ई प्राथमिकता दिने नागरिक सरोकार समाजको अगुवामा भने सो जिल्लाको दक्षिणी क्षेत्रमा स्थायी बसोवास भएका र काठमाडौँँमा विभिन्न पेसा, व्यवसाय गरी बस्नुहुने नीलकण्ठ तिवारी, शोभाकान्त रिजाल, नारन काफ्ले, उदय गौतम, दीपक तिवारी, महेन्द्र राना, मित्र राना, नारन तिवारी हरि श्रेष्ठ, स्व.मानबहादुर वि.क., स्व. अमर गुरुङ लगायत हुनुहुन्थ्यो । यो समाज एउटा बहुदलीय मञ्च थियो, जहाँ माओवादी, एमाले, काङ्ग्रेस एवम् राजावादी समेत संलग्न थिए । यो सरोकार समाजमा म पनि संलग्न थिएँ र यही मार्फत मैले पर्वतका खासगरी दक्षिणी क्षेत्रका धेरै अगुवाहरूलार्ई चिन्ने मौका पाएँ । सामाजिक कार्यमा रुचि भएकाले यस संस्थाले पर्वतबाट काठमाडौँँ आइ बसोवास गरेका व्यक्तिहरू वीचमा आपसी चिनजान, भेटघाट एवम् सरसहयोग घनीभूत होस् भनी विभिन्न सन्दर्भ एवम् अवसरमा चियापन, शुभकामना आदनप्रदान तथा वनभोज लगायतका कार्यक्रम आयोजना गर्दथ्यो जुन फलदायी हुन्थे ।
अहिले माओवादी एमालेको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) को सरकार छ । तर माओवादीले युद्धताका देखाएको समानतामा आधारित शासन व्यवस्था अर्थात् गरिबको शासन पर क्षितिजमा पनि छैन । प्रश्नहरू यत्रतत्र छन् के कृष्ण दाइ जस्ता सहिदका सपना यही थिए ? के कृष्ण दाइको आदेश गलत थियो ? यी प्रश्नका बाबजुद् एउटा सत्य के हो भने कृष्ण दाइको जस्तै समानता एवम् न्याय सबैको आदर्श हो । समानता र न्यायको संघर्षमा कृष्णदाइ सदैव प्रेरणाको स्रोत रहनुहुनेछ हामी सबैको लागि ।
कृष्ण दाइसँग मेरो यही सरोकार समाजले पर्वत पैयुँमा गर्न लागेको मोटरबाटोका लागि श्रमदान गर्ने कार्यको लागि गरिएको तयारी वैठकमा दोस्रो पटक भेट भएको थियो । यस वैठकले “वालिङ हुवास मोटरबाटो तथा विकास सरोकार केन्द्र” को नामबाट पर्वत हुवासमा नौ दिने श्रमशिविर सञ्चालन गर्ने र यस सम्बन्धी सम्पूर्ण प्रबन्ध मिलाउन दाइ नीलकण्ठ तिवारीले संयोजन गर्ने निर्णय ग¥यो । यस श्रमशिविरमा नेपाली काङ्ग्रेसका सांसद स्व. डिल्लीराज शर्मा एवम् सांसद मान बा. विश्वकर्मा समेतले सहभागीता जनाउनुभयो । हो, यही श्रमशिविरमा नै मैले कृष्ण दाइ अर्थात् कृष्ण गौतम चिन्तनलार्ई अझै नजिकबाट चिन्ने मौका पाएँ । श्रमशिविलार्ई व्यापक जनसहभागीता जुटाउन हाम्रो कलाकारको टिम जसमा खैसरा काफ्ले, निद्रा क्षेत्री, नारन काफ्ले, हिमलाल भट्टराई, ओपी सेन लगायतले सेतीवेणी, उहाँकी, उराम पोखरा, खोरपोखरा, त्रिवेणी, भुर्तेलथोक, हटिया जस्ता स्थानमा सांस्कृतिक कार्यक्रम प्रस्तुत ग¥यौं । र हाम्रो टिममा कृष्ण दाइ नेतृत्वदायी भूमिकामा हुनुहुन्थ्यो । कुष्ण दाइ एक्दमै रमाइलो हुनुहुन्थ्यो, जानी नजानी नाच्न गाउन अगाडि सर्नुहुन्थ्यो र हामीलार्ई उत्प्रेरणा दिनुहुन्थ्यो । त्यस श्रमशिविरमा रातदिन थकान नमानी हिँड्दा पनि विभिन्न गतिविधि एवम् उत्प्रेरणात्मक कुरा गरेर हाम्रो थकाइ मेटाइ दिनुहुन्थ्यो । हेर्दा भलादमी देखिए पनि उहाँ मिजासिलो, बुद्धिजीवी एवम् प्रेरणादायी व्यक्तित्व हुनुहुन्थ्यो । एक दशक अघि सुरु भएको वालिङ–हुवास मोटरबाटो पैयुँ हटियामा देखिएको जग्गा विवादका लगायतका कारण ढिला भइरहेको थियो र यस श्रमशिविरले सो विवाद सुल्झ्याउँदै बाटोको ट्रयाक खोलेर हातेमालो चोकको नामकरण समेत ग¥यो । यस कार्यमा कृष्ण दाइको योगदान अतुलनीय रह्यो ।
२०५९ सालमा भएको मेरो प्रगतिशील विवाहको छलफल एवम् निर्णयमा कृष्ण दाइको सक्रियता र त्रि–चन्द्र कलेज, काठमाडौँँमा विवाहका दिन गायक वमबहादुर कार्कीको प्रस्तुतिमा फनफनी घुमेर नाचेको दृष्य अमिट छ अझैसम्म । यसरी नाचेको तीन वर्ष नपुग्दै २०६२ सालमा उहाँ लगायत चार जना अरु उहाँंका राजनीतिक सहकर्मीहरू स्याङ्जा सिर्सीकोटको छापा भन्ने गाउँमा तत्कालीन शाही सेनाबाट मारिनु भएको खबर अत्यन्तै पीडादायक रह्यो । अझैसम्म उहाँ जस्तो बुद्धिजीवी समाजसेवी व्यक्तित्वलार्ई राजनीतिक आस्थाकै आधारमा किन मारियो भन्ने प्रश्न मनमा आइरहन्छ । उहाँ लगायत उहाँका चार साथीहरू जसले एकै ठाउँमा सहादत प्राप्त गर्नुभयो, उहाँहरू निहत्था हुनुहुन्यो । कुनै हतियार थिएन साथमा उहाँहरू माथि शंका थियो भने या उहाँहरूका कारण शान्ति खल्बलिएको थियो भने पनि पक्राउ गरेर कानुन बमोजिम सजाय दिन सकिन्थ्यो । तर विडम्वना, उहाँहरूको हत्यामा तत्कालीन प्रशासन लाग्यो । ती हत्याराहरू अहिले के गर्दै होलान् ?
हो, माओवादी जनयुद्धमार्फत कृष्ण दाइ देशमा गरिबको शासन व्यवस्था, समानता, स्थापना गर्न होमिनु भएको थियो । न्याय, सामाजिक सु–व्यवस्था प्रगतिशील क्रान्तिकारी राजनीति उहाँका आर्दश थिए । उहाँ जस्तै हजार्रौको बलिदानीपछि देशमा गणतन्त्र आएको पनि दशक भैसकेको छ । संविधानसभाबाट संविधान बनी, चुनाव भइ नयाँ सरकार क्रियाशील छ । विगत एक दशकमा माओवादीले तीनपटकसम्म सरकार चलाइसकेको छ । अहिले माओवादी एमालेको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) को सरकार छ । तर माओवादीले युद्धताका देखाएको समानतामा आधारित शासन व्यवस्था अर्थात् गरिबको शासन पर क्षितिजमा पनि छैन । प्रश्नहरू यत्रतत्र छन् के कृष्ण दाइ जस्ता सहिदका सपना यही थिए ? के कृष्ण दाइको आदेश गलत थियो ? यी प्रश्नका बाबजुद् एउटा सत्य के हो भने कृष्ण दाइको जस्तै समानता एवम् न्याय सबैको आदर्श हो । समानता र न्यायको संघर्षमा कृष्णदाइ सदैव प्रेरणाको स्रोत रहनुहुनेछ हामी सबैको लागि ।
(पैयुँ गाउँपालिका ४ पैयुँ हटियाका कृष्ण गौतम(चिन्तन) २०६१ मंसिर १७ गते स्याङ्जाको सिर्सिकोटमा तत्कालीन शाही नेपाली सेनाद्वारा गिरफ्तार गरी गोलि हानी हत्या गरिएको थियो ।)
वि.सं.२०७७ भदौ २० शनिवार १३:१८ मा प्रकाशित






























