back
CTIZAN AD

इरान र रसियाले मिलेर कोभिड खोप उत्पादन गर्ने

वि.सं.२०७७ भदौ २० शनिवार

879 

shares

२० भदौ । इरान र रसियाबीच तेहरानमा कोभिड–१९ विरूद्धको खोप उत्पादन गर्न सहकार्य गर्ने सहमति भएको मस्कोका लागि इरानका राजदूत काजेम जलालीलाई उद्धृत गरी इरानको एक अर्ध–सरकारी समाचार संस्थाले जानकारी गराएको छ ।

‘फार्स न्यूज एजेन्सी’ का अनुसार उक्त सहमति शुक्रबार रूसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) का कार्यकारी प्रमुख किरील दिमित्रिभ र राजदूत जलालीबीच भएको भिडियो बैठकमा भएको बताइएको छ ।

उक्त अबसरमा इरानी राजदूतले ‘कोभिड–१९ को खोप पत्ता लगाउन सफल भएको भन्दै रूसलाई वधाई दिएका थिए। जलालीले दुवै देशबीच थप स्वास्थ्य र चिकित्सा सहयोगको लागि रूससँग आग्रह गरेको बताइएको छ ।

दिमित्रीभले दुई देशबीच कोभिड–१९ विरूद्धको खोपको ठूलो उत्पादनको लागि तयार रहेकोमा रूसी पक्ष खुशी बनेको बताए । रसियाका स्वास्थ्य अधिकारीहरूले हालै कोभिड–१९ खोपको उत्पादन गर्ने घोषणा गरेका थिए ।

वि.सं.२०७७ भदौ २० शनिवार १९:१२ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...