
अमेरीकालाइ लाग्यो प्याट्रिस लुवुम्वा निकट भविष्यमा अफ्रिकाका फिडेल क्याष्ट्रो वन्ने छन । त्यसपछि सुुरु भयो उनी विरुद्दको षडयन्त्र । ९० प्रतिशत जनताको मतबाट निर्वाचित लुवुम्वाले जव पश्चिामाको स्वार्थमा काम गरेनन् तव अमेरिका र वेल्जियमको साँठ गाँठमा उनको हत्या गरियो ।
केहि वर्ष पहिलेसम्म नेपालमा पनि भारतीय स्वार्थको विपक्षमा काम गर्दा नेपाली राष्ट्रवादीहरुको हत्या गरिन्थ्यो । जननेता मदन भण्डारी भारतीय स्वार्थको विपक्षमा र नेपाली राष्ट्रवादको पक्षमा रहेकै कारण हत्या गरिएका नेपाली जनताका सवैभन्दा प्रिय नेता हुन् ।
पछिल्लो समय राष्ट्रवादीहरुको भौतिक हत्या होइन व्यक्तित्व हत्यामा दक्षिणको छिमेकी लागेको देखिन्छ । व्यक्तित्व हत्याबाट पनि गलाउन नसके सक्तिबाट बेदखल गरेरै भएपनि राष्ट्रवादीहरुलाइ हटाउने प्रयास उसको रहि रहेको तितो यथार्थ देखिएकै छ ।
यसैको परीणाम हो दक्षिणलाइ मन नपरेको नेतृत्व नेपालमा टिक्न नसकेको । दुुइ तिहाइ जनमतका धनी विपी कोइराला देखि कृष्णप्रसाद भट्राइसम्मले असमयमै सत्ताबाट बाहिरीनुपर्ने महत्वपूर्ण कारण भारतीय स्वार्थनै थियो ।
समय फेरियोे
भारतीय सिग्नलमा नेपालमा सत्ता पलट स्वभाविक समेत मानीन्थ्यो केहि समय पहिलेसम्म । नेपालको सँविधान २०७२ लागु भएसँगै यो स्वभाविकता कमजोर हुँदै गयो । नेपालको इतिहासमा कम्युुनिष्ट पार्टिको बहुमत सहितको सरकार बनेसँगै यो स्वभावीकताको समूल अन्त्य भएको छ । यसको उदाहरण भारतिय हाछ्युुमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको रोइलोको अस्वभाविक अन्त्य हो ।
नयाँ प्रहसन
भारतीय मुलधारका मिडीयाहरुले वोल्ने सँस्थापनको भाषा वुझेकाहरुले नेपालमा ओली राजीनामाको ठुलै प्रहसन गरे । ठुलै तामझामका साथ सुरु गरिएको प्रहसनले वक्स अफिसमा धमाल गर्न नसकैसङ्कै फेरी नयाँ व्यानरमा नयाँ प्रहसन सुुरु भएको छ । पछिल्लो पटक जापानका प्रधानमन्त्रीले स्वास्थ्यका कारण राजीनामा दिएका छन् । उनको राजीनामालाइ अहिले प्रम ओलीलाइ हान्ने क्षेप्यास्त्रको रुपमा प्रयोग गर्ने प्रयास गरिएको छ ।
सन् १९७३ सेप्टेम्वर ११ मा अमेरीकी कमाण्डोले हत्या गरेका चिलीका लोकप्रिय राष्ट्रपति साल्भाडोर एलेण्डेजस्तै नेपाली स्वाभीमानको सिखर वनेका ओली विरुद्दको पछिल्लो स्वास्थ्य विषयक अस्वस्थ प्रहसन पनि भदौरे पानीको फोका भन्दा धेरै नहुुने निश्चिीत छ ।
नयाँ प्रहसनका कलाकार र निर्देशकहरुले निकट अतित कती छिटो विर्सीए यो चाहि सोचनिय विषय वनेको छ । वि स २०७२ मा पहिलोपटक प्रधानमन्त्री वनेर भारतीय नाकावन्दीको सामना गर्दै नेपाली स्वाभिमानको मिसाइल खडा गर्दा पनि ओली अहिलेजस्तै विरामी थिए ।
त्यसपछिको स्थानीय निर्वाचनमा नेकपा एमालेलाइ एक नम्वरको नेता पार्टी वनाउँदा पनि ओली अहिले जस्तै थिए । अझ गम्भीर विषय पछिल्लो आमनिर्वाचनमा आफ्नो जित सुनिस्चीतताका लागी आफ्नो निर्वाचन क्षेत्रमा भाषण गराउन ओलीलाइ लैजादा समेत उनको स्वास्थ्यको चिन्ता कसैलाइ भएन । अहिले र त्यतिवेलाको ओलीको स्वास्थ्य समान थियो । तर त्यतीवेला ओली सवैका नजरमा स्वस्थ्यनै थिए । ओलीको सिखर छाँयाले ओझेल परिन्छकी जस्तो भएपछी अहिले भने ओली विरामी देखिएका छन् ।
वहस बदलौं
नेपालको राजनितीमा पदसँगै आर्यघाट पुुग्न खोज्नुु नौलो विषय होइन । विगत देखिनै हामी यस्तो प्रवृतिका भुक्त भोगी छदैछौ । अव हामी र हाम्रो बहस यसको निकासतर्फ केन्द्रीत हुनुु जरुरी छ । अहिलेकोृ शिखर पुुस्ताले हाम्रो स्वतन्त्रताका लागि ठूलै वलिदानी गरेको छ । मैले लेखेर फरकमत राख्न पाउने यो अधिकारकालागि मेरो बा पुुस्ता अर्थात अहिलेको शिखर पुुस्ताले लामै कहर काटेकै हो । यसकारण यो पुुस्ताप्रति सम्मान जरुरी छ । र म यो पुस्तालाइ नमन गर्दछुु ।
नेतृत्वमा अव नयाँ पुुस्ता अनिवार्य भइसकेको छ । सायद यहि वुुझाइको कारण होला नेकपाका अध्यक्ष तथा प्रम ओलीले आगामी महाधीवेसनमा पार्टी अध्यक्षका लागि उम्मेदवारी नदिने घोषणा गरेका छन् । ओलीको यो घोषणा कार्यान्वयन भए नेपाली राजनीतिका लागि यो राम्रो उदाहरण वन्ने निस्चीत छ । यसकारण पनि अहिले ओली विरामी छन भनीरहनुु आवस्यक छैन ।
विगतमा नेकपा एमालेले उमेरको हद तोकेर पार्टी नेतृत्वबाट बिदा गर्ने राम्रो थालनी गरेकै हो । दुुइ ठुुला वाम पार्टी एकतासँगै ७० वर्षे उमेरहद माथी प्रतिगमन भएकै हो । नेकपाले यो प्रतिगमन सच्याउनु अनिवार्य छ । यो प्रतिगमनपनि सच्चिने र आगामी दिनको नेतृत्वलाइ कोसेढुंगो हुनेगरी नेतृत्वले निर्णय लिनुजरुरी छ ।
यसका लागी नेकपाका दुुइ अध्यक्ष सहित वरीष्ठ नेताहरुले पार्टीको आगामी महाधिवेसन सहित अव कुुनै पनि निर्वाचन नलड्ने घोषणा गर्नु पर्दछ । उहाँहरु सल्लाहाकार भएर नयाँ पुुस्तालाइ कार्यकारी हुने अवसर दिनुुभयो भने यो एउटा ठुूलो क्रान्ती हुने निस्चीत छ । प्रम तथा अध्यक्ष ओलीका कित्तामा शिर्ष नेताहरु उभिने गर्लान् नगर्लान अनी बा पुुस्तालाइ वाइ–वाइ भन्दै नयाँ पुुस्ताले नेतृत्व लिने साहास गर्लान नर्गलान ? अव केहि समयमानै देखिएला ।
वि.सं.२०७७ भदौ २१ आइतवार १५:४८ मा प्रकाशित






























