२२ भदौ, काठमाडौँ । १७ औँ निजामती सेवा दिवसमा ४० जना कर्मचारी पुरस्कृत गरिने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४० जनालाई निजामती सेवा पुरस्कारबाट पुरस्कृत गरिने कर्मचारीको नामावली सार्वजनिक गरेको छ ।
निजामती दिवसको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने निजामती कर्मचारीहरूलाई पुरस्कृत गर्ने परम्परा अनुसार पुरस्कृत गर्ने परम्परा अनुसार १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिइन लागिएको छ ।
यो बर्ष उत्कृष्ट निजामती पुरस्कार पाउनेहरुमा काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, नापी विभागका महानिर्देशक प्रकाश जोशी, झापाको कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ ,बेइजिङस्थित नेपाली राजदूतावासका सहसचिव सुशील कुमार लम्साल, कानुन मन्त्रालयका सहसचिव मानबहादुर अर्याल,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव डिलाराम पन्थी, आयोजना कार्यान्वयन निर्देशनालय अनामनगरका सीडीई सुरतकुमार बम, लोक सेवा आयोग केन्द्रीय कार्यालयका उपसचिव टामलाल पाण्डे, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अधिकृत छैटौ उषादेवी देवकोटा र प्रधानमन्त्री कार्यालयका हलुका सवारी चालक धनबहादुर लामा रहेका छन् ।
त्यस्तै निजामती सेवा पुरस्कार पाउने ३० जनामा रघुराम विष्ट, गोपालप्रसाद रिजाल, भीमकुमार श्रेष्ठ, खोमराज कोइराला, कुवेर नेपाली, रोशनी देवी कार्की, अञ्जनकुमार मिश्र, डा. वीरेन्द्रकुमार मिश्र, बाबुराज अधिकारी, टिकाराम ढकाल, रञ्जितकुमार भट्ट, सन्तोष निरौला, सावित्री पौडेल बेल्वासे. मञ्जु सिंह भण्डारी थापा, सन्तोष दर्जी, इन्दिरा ज्ञवाली, गजराज घिमिरे, नानुका पोखरेल आचार्य, प्रकाश प्रेमी गैरे, जयदेव विष्ट, लालबहादुर विष्ट, मनिला मादेन, सुदर्शन खनाल, शिमला श्रेष्ठ, भरतकुमार कार्की, उमेश घटवार, सरस्वतीकुमारी श्रेष्ठ, गेदलाल खत्री, कमला थापा र अनुज फुयाँल रहेका छन् ।
उत्कृष्ट कर्मचारीलाई जनही एक लाख रुपियाँ र सम्मान पत्र तथा निजामती पुरस्कार पाउनेले जनही ५० हजार नगद र सम्मान पत्र दिइँदै आइएको छ ।
कोरोना भाइरस सङ्क्रमणका कारण यसवर्ष औपचारिक समारोह भने नहुने भएको छ । पुरस्कार समितिको निर्णयसँगै पुरस्कार पछि मात्र वितरण गरिने मन्त्रालयले जनाएको छ ।
भदौ २२ गतेलाई निजामती सेवा दिवसका रुपमा मनाउँदै आइएको छ । तर यस वर्षको नारा स्वच्छ र सक्षम निजामति प्रशासन समृद्धि र सुशासन भन्ने नारा रहेको छ ।

वि.सं.२०७७ भदौ २२ सोमवार ११:२६ मा प्रकाशित




























