भू-कम्पको पीडा गाउँ र पुराना शहर वस्तीहरूले भोगिसकेका छन् । माहामारीको पीडा उहान, न्यूयोर्क, इटली, ब्राजÞीलमा जस्तो नेपालका पुराना शहर र धेरै जनसंख्या भएको वस्तितिर नहोस् भन्नेमा सजगता अपनाइनुपर्छ । यसबाट पार पाउनका लागि राज्य र नागरिक सचेत र जिम्मेवार बन्नै पर्छ ।
यतिबेला नेपालमा कोरोना संक्रमण तिब्र रुपमा बढिरहेको छ । साथसाथै मृत्युको दर पनि बढिरहेको छ । तर पनि जनतामा सचेतता र सरकारमा गम्भीरता कमि देखिएको छ । भर्खर सकिएको नेपाली महिलाहरुको महान पर्व तिजको दर र भेला बढ्दा महिलाहरू बढी कोभिडको सक्रमणमा परेको सुनिदैछ । उपत्यका र ठूला शहरतिर निकै कम भैसकेको सक्रमण जब तराइ मधेश र बाहिरी पहाडी हिमाली जिल्लाबाट राजधानी र ठूला सहरतिर मानिसहरूको आवत–जावतसँगै ह्वात्तै बढेको देखिएको छ । झन चिया पसल र भट्टी, चोक र चौतारीतिर बसेर भेट र गफ गर्ने नेपाली स्वभाव र व्यवहारका कारणले माहामारी घट्दो होइन बढ्दो क्रम रहेको देखिन्छ । भारत तिरबाट अहिले पनि लुकिछिपी र कोरोनाको सुरूवाती दिनहरूमा मानिसहरूको नेपाल प्रवेशको कारण तराइ मधेशतिर सक्रमण व्यापक बनिरहेको छ भने यसको असर राजधानी र ठूला सहरतिर बढीरहेको छ भन्दा फरक नपर्ला ।
यस्तो बेलामा संस्कृति बचाउने नाममा विगतका वर्षहरुमा जस्तै जात्रा लगायत अन्य चाडपर्व मनाइए कोरोना बढ्ने र ठूलो जनसंख्या भएको राजधानीवासी महामारीको साक्षी बन्नुपर्ने अवस्था आउन सक्छ । दशै तिहार आउदैछ । माहामारी बढ्दै गए दशै तिहार चहलपहल र भेटघाट गर्दै होइन आफ्नै घरपरिवार बिच सिमित खर्च र परिधीभित्र रहेर दशै तिहार मनाउनु पर्ने अवस्था आइपर्नेछ । धर्म, संस्कृति, परम्परा, मान्यता, प्रचलन भनेर विगतका वर्षहरुमा जस्तै गरेर यो वर्ष सायद कुनैपनि चाडपर्व मनाउन नपाईला ! नागरिकहरूले चाहना भए पनि जनताको अभिभावक मानिएको सरकारले जनताको स्वास्थ्यको ख्याल गर्दै यस्ता कुरामा रोक लगाउनु नै बुद्धिमानी हुनेछ ।
निश्चित छ कि, विगतका वर्षहरुमा जस्तै यो पटक लुगा जुत्ताका व्यापार हुदैनन् । मासु र फलफूलका व्यापार हुदैनन् । सुन र चाँदीका व्यापार हुँदैनन् । खेत र बारीका अन्न र तरकारीका भने जस्तो मूल्य नआउलान् । गोठ र फार्मका पशु र अन्डाका मूल्य र आम्दानी कम होलान्, रेमिटान्स र दाजुभाइ, दिदी बहिनी विदेशबाट नेपाल कम आउलान्, नियमित तलब र पेन्सन पाउनेहरूले दशै खर्च भनेर दिइने अतिरिक्त रकम नपाउन सक्छन्, त्यो रकम नियमित तलब र पेन्सन, व्यापार नहुने व्यक्ति र परिवारलाइ दिनुपर्ने अवस्था आउन सक्छ । बाटो र पुल बनाउने पैसा जनताका गाँस र उपचारमा खर्च गर्नुपर्ने हुन सक्छ, यसबाट बिकासका काम र बजेट कम हुन जान्छ । धन र अन्न हुनेले खान नपाउनेहरूलाइ खान र बाँच्न आफ्नो धन र अन्न सहयोग गर्नुपर्ने क्षण आउन सक्छ ।
कोरोना नपुगेको र एकदम कम भएको मुलुकहरू पनि विश्वमा धेरै छन् । तिनकै जस्तो खुला हिँडडुल र व्यापार नेपाल जस्तो देशमा हाललाई घातक हुन्छ । बेलारूस र अमेरिकातिर भएका जुलुस जस्तै नेपालमा पनि छिटपुट भएका राजनैतिक जुलुस गलत थिए जस्ले सक्रमण बढाउने काम गर्योे । नेताहरूका भेला र भेटघाटले तीनका सुरक्षामा खटिएका र सम्पर्कमा आएकाहरूलाइ पनि सक्रमण भएको देखियो ।
आज पनि धन र मन हुनेहरूले खान नपुगेकाहरूलाइ खुवाउने र घरभाडा तिर्न नसक्नेहरूलाइ घरभाडा मिनाहा गरिदिने कामहरू जनस्तरबाट हुदै आइरहेका छन् यो ज्यादै न सकारात्मक कुरा हो । यसले मानविय स्वाभाव र परम्परा आज पनि नेपालीमा व्यापक छ भन्ने देखिन्छ । तर, भोकमरी र माहामारीलाइ राजनीति गर्ने, कमाउने बाटो बनाउने, मानव, परम्परा, मान्यता भन्दै मानविय क्षति हुने क्रियाकलाप कसैले गर्नुहुँदैन । भिडभाड नगर्नु र भौतिक दूरी कायम राख्नु आजको माहामारीको लागि पहिलो उपचार र सुरक्षा हो । यसलाइ कुनै पनि मानव स्वतन्त्रता, संस्कृति परम्परा र अधिकारको नाममा उल्लंघन गरिनु हँुदैन । कतै–कतै देखिदैछ स्वतन्त्रता र परम्पराका नाममा गरिएका उलंघन र घातक मानव व्यवहारको प्रदर्शन !
कोरोना नपुगेको र एकदम कम भएको मुलुकहरू पनि विश्वमा धेरै छन् । तिनकै जस्तो खुला हिँडडुल र व्यापार नेपाल जस्तो देशमा हाललाई घातक हुन्छ । बेलारूस र अमेरिकातिर भएका जुलुस जस्तै नेपालमा पनि छिटपुट भएका राजनैतिक जुलुस गलत थिए जस्ले सक्रमण बढाउने काम गर्योे । नेताहरूका भेला र भेटघाटले तीनका सुरक्षामा खटिएका र सम्पर्कमा आएकाहरूलाइ पनि सक्रमण भएको देखियो । जनता र सक्रमितका सेवाका लागि दिन रात खटिने डाक्टर, नर्स, स्वास्थ्यकर्मी, जनप्रतिनिधी, कर्मचारी, व्यापारी र तिनका परिवारहरूलाइ त सक्रमण बढ्यो बढ्यो, आम नागरिकहरूमा पनि सक्रमण बढ्दै गएको देखिदैछ । यस्तो बेला ‘कोरोना केहि होइन हौवा हो’ भन्दै लेख्ने र बोल्नेहरू ठूलो गल्ती गरिरहेका छन् । उनीहरु नेपालमा ठूलो क्षति पुर्याउन कोशिष गरिरहेका छन् भन्दा फरक नपर्ला । यस्तो बेला जनता बहकिएर जथाभावी हिड्ने, जात्रा, परम्परा मनाउनेतिर लागेमा वुहान, न्युयोर्क, इटली र बाज्रिलतिर भए जस्तै ठुलो मानविय क्षति र राष्ट्रको सम्पति सकिने काम हुँदैन भन्न सकिन्न ।
यस्तो हुन नदिन राज्य त जिम्मेवार बन्नु पर्छ पर्छ, आम नागरिकहरू पनि जिम्मेवार र सचेत बन्नै पर्छ । झन घना र ठुला पुराना वस्ति र जनता बसेको क्षेत्रमा त विशेष साबधानी र सुरक्षा अपनाउनु नै पर्छ । हामी सबै जिम्मेवार बनौं बहकिएर अधिकार र स्वतन्त्रता नभनौ । अहिले बाँचे अर्को साल पक्कै सबै पर्व र जात्रा मनाऔला ।
वि.सं.२०७७ भदौ २२ सोमवार १०:४३ मा प्रकाशित






























