back
CTIZAN AD

कोरोना कहरका बेला स्वतन्त्रताको नाममा नबहकिउँ जिम्मेवार बनौं

वि.सं.२०७७ भदौ २२ सोमवार

765 

shares

भू-कम्पको पीडा गाउँ र पुराना शहर वस्तीहरूले भोगिसकेका छन् । माहामारीको पीडा उहान, न्यूयोर्क, इटली, ब्राजÞीलमा जस्तो नेपालका पुराना शहर र धेरै जनसंख्या भएको वस्तितिर नहोस् भन्नेमा सजगता अपनाइनुपर्छ । यसबाट पार पाउनका लागि राज्य र नागरिक सचेत र जिम्मेवार बन्नै पर्छ ।

यतिबेला नेपालमा कोरोना संक्रमण तिब्र रुपमा बढिरहेको छ । साथसाथै मृत्युको दर पनि बढिरहेको छ । तर पनि जनतामा सचेतता र सरकारमा गम्भीरता कमि देखिएको छ । भर्खर सकिएको नेपाली महिलाहरुको महान पर्व तिजको दर र भेला बढ्दा महिलाहरू बढी कोभिडको सक्रमणमा परेको सुनिदैछ । उपत्यका र ठूला शहरतिर निकै कम भैसकेको सक्रमण जब तराइ मधेश र बाहिरी पहाडी हिमाली जिल्लाबाट राजधानी र ठूला सहरतिर मानिसहरूको आवत–जावतसँगै ह्वात्तै बढेको देखिएको छ । झन चिया पसल र भट्टी, चोक र चौतारीतिर बसेर भेट र गफ गर्ने नेपाली स्वभाव र व्यवहारका कारणले माहामारी घट्दो होइन बढ्दो क्रम रहेको देखिन्छ । भारत तिरबाट अहिले पनि लुकिछिपी र कोरोनाको सुरूवाती दिनहरूमा मानिसहरूको नेपाल प्रवेशको कारण तराइ मधेशतिर सक्रमण व्यापक बनिरहेको छ भने यसको असर राजधानी र ठूला सहरतिर बढीरहेको छ भन्दा फरक नपर्ला ।

यस्तो बेलामा संस्कृति बचाउने नाममा विगतका वर्षहरुमा जस्तै जात्रा लगायत अन्य चाडपर्व मनाइए कोरोना बढ्ने र ठूलो जनसंख्या भएको राजधानीवासी महामारीको साक्षी बन्नुपर्ने अवस्था आउन सक्छ । दशै तिहार आउदैछ । माहामारी बढ्दै गए दशै तिहार चहलपहल र भेटघाट गर्दै होइन आफ्नै घरपरिवार बिच सिमित खर्च र परिधीभित्र रहेर दशै तिहार मनाउनु पर्ने अवस्था आइपर्नेछ । धर्म, संस्कृति, परम्परा, मान्यता, प्रचलन भनेर विगतका वर्षहरुमा जस्तै गरेर यो वर्ष सायद कुनैपनि चाडपर्व मनाउन नपाईला ! नागरिकहरूले चाहना भए पनि जनताको अभिभावक मानिएको सरकारले जनताको स्वास्थ्यको ख्याल गर्दै यस्ता कुरामा रोक लगाउनु नै बुद्धिमानी हुनेछ ।

निश्चित छ कि, विगतका वर्षहरुमा जस्तै यो पटक लुगा जुत्ताका व्यापार हुदैनन् । मासु र फलफूलका व्यापार हुदैनन् । सुन र चाँदीका व्यापार हुँदैनन् । खेत र बारीका अन्न र तरकारीका भने जस्तो मूल्य नआउलान् । गोठ र फार्मका पशु र अन्डाका मूल्य र आम्दानी कम होलान्, रेमिटान्स र दाजुभाइ, दिदी बहिनी विदेशबाट नेपाल कम आउलान्, नियमित तलब र पेन्सन पाउनेहरूले दशै खर्च भनेर दिइने अतिरिक्त रकम नपाउन सक्छन्, त्यो रकम नियमित तलब र पेन्सन, व्यापार नहुने व्यक्ति र परिवारलाइ दिनुपर्ने अवस्था आउन सक्छ । बाटो र पुल बनाउने पैसा जनताका गाँस र उपचारमा खर्च गर्नुपर्ने हुन सक्छ, यसबाट बिकासका काम र बजेट कम हुन जान्छ । धन र अन्न हुनेले खान नपाउनेहरूलाइ खान र बाँच्न आफ्नो धन र अन्न सहयोग गर्नुपर्ने क्षण आउन सक्छ ।

कोरोना नपुगेको र एकदम कम भएको मुलुकहरू पनि विश्वमा धेरै छन् । तिनकै जस्तो खुला हिँडडुल र व्यापार नेपाल जस्तो देशमा हाललाई घातक हुन्छ । बेलारूस र अमेरिकातिर भएका जुलुस जस्तै नेपालमा पनि छिटपुट भएका राजनैतिक जुलुस गलत थिए जस्ले सक्रमण बढाउने काम गर्योे । नेताहरूका भेला र भेटघाटले तीनका सुरक्षामा खटिएका र सम्पर्कमा आएकाहरूलाइ पनि सक्रमण भएको देखियो ।

आज पनि धन र मन हुनेहरूले खान नपुगेकाहरूलाइ खुवाउने र घरभाडा तिर्न नसक्नेहरूलाइ घरभाडा मिनाहा गरिदिने कामहरू जनस्तरबाट हुदै आइरहेका छन् यो ज्यादै न सकारात्मक कुरा हो । यसले मानविय स्वाभाव र परम्परा आज पनि नेपालीमा व्यापक छ भन्ने देखिन्छ । तर, भोकमरी र माहामारीलाइ राजनीति गर्ने, कमाउने बाटो बनाउने, मानव, परम्परा, मान्यता भन्दै मानविय क्षति हुने क्रियाकलाप कसैले गर्नुहुँदैन । भिडभाड नगर्नु र भौतिक दूरी कायम राख्नु आजको माहामारीको लागि पहिलो उपचार र सुरक्षा हो । यसलाइ कुनै पनि मानव स्वतन्त्रता, संस्कृति परम्परा र अधिकारको नाममा उल्लंघन गरिनु हँुदैन । कतै–कतै देखिदैछ स्वतन्त्रता र परम्पराका नाममा गरिएका उलंघन र घातक मानव व्यवहारको प्रदर्शन !

कोरोना नपुगेको र एकदम कम भएको मुलुकहरू पनि विश्वमा धेरै छन् । तिनकै जस्तो खुला हिँडडुल र व्यापार नेपाल जस्तो देशमा हाललाई घातक हुन्छ । बेलारूस र अमेरिकातिर भएका जुलुस जस्तै नेपालमा पनि छिटपुट भएका राजनैतिक जुलुस गलत थिए जस्ले सक्रमण बढाउने काम गर्योे । नेताहरूका भेला र भेटघाटले तीनका सुरक्षामा खटिएका र सम्पर्कमा आएकाहरूलाइ पनि सक्रमण भएको देखियो । जनता र सक्रमितका सेवाका लागि दिन रात खटिने डाक्टर, नर्स, स्वास्थ्यकर्मी, जनप्रतिनिधी, कर्मचारी, व्यापारी र तिनका परिवारहरूलाइ त सक्रमण बढ्यो बढ्यो, आम नागरिकहरूमा पनि सक्रमण बढ्दै गएको देखिदैछ । यस्तो बेला ‘कोरोना केहि होइन हौवा हो’ भन्दै लेख्ने र बोल्नेहरू ठूलो गल्ती गरिरहेका छन् । उनीहरु नेपालमा ठूलो क्षति पुर्याउन कोशिष गरिरहेका छन् भन्दा फरक नपर्ला । यस्तो बेला जनता बहकिएर जथाभावी हिड्ने, जात्रा, परम्परा मनाउनेतिर लागेमा वुहान, न्युयोर्क, इटली र बाज्रिलतिर भए जस्तै ठुलो मानविय क्षति र राष्ट्रको सम्पति सकिने काम हुँदैन भन्न सकिन्न ।

यस्तो हुन नदिन राज्य त जिम्मेवार बन्नु पर्छ पर्छ, आम नागरिकहरू पनि जिम्मेवार र सचेत बन्नै पर्छ । झन घना र ठुला पुराना वस्ति र जनता बसेको क्षेत्रमा त विशेष साबधानी र सुरक्षा अपनाउनु नै पर्छ । हामी सबै जिम्मेवार बनौं बहकिएर अधिकार र स्वतन्त्रता नभनौ । अहिले बाँचे अर्को साल पक्कै सबै पर्व र जात्रा मनाऔला ।

वि.सं.२०७७ भदौ २२ सोमवार १०:४३ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...