समकालीन नेपाली बाम राजनीतिका दुई अलग धाराको प्रतिनिधित्व गर्ने तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिचको एकता मार्फत बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन एक ऐतिहासीक पहलकदमी थियो, जुन पहलकदमीले नेपाली कम्युनिस्ट आन्दोलनले निर्दिष्ट गरेका नेपाली क्रान्तिका बाँकि कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको सुनिश्चितता र समाजवाद स्थापनासहित नेपाली मौलिकता र बिषेशतायुक्त समाजवाद निर्माण गर्दै विश्व कम्युनिस्ट आन्दोलनलाई पुनः एक पटक समाजवाद तर्फ डोहोर्याउनको लागि नेतृत्वदायी भूमिकाको केन्द्रमा रहन सक्ने अबसर पनि नेकपाको अगाडि विद्यमान छ ।
एकातर्फ वर्तमान भुमण्डलिकृत विश्व सामाज्यवादी युग र क्रमशः खस्कदो अमेरिकी अर्थतन्त्र र गतिशिल रूपमा विकास हुँदै गएको चिनियाँ प्रभाब, फेरिएको विश्व राजनीतिक अन्तरविरोध र सामाज्यवाद विरोधि मोर्चा सशक्त रहनुका साथै गैरराजनीतिक चरित्रको अमेरिकी नेतृत्व, प्रशासन र नीतिका कारण स्वयम् सामाज्यवादी कित्ता कमजोर बन्ने अबस्था देखिन्छ । भने अर्काे तर्फ २० औं शताब्दिमा जसरी विश्व कम्युनिस्ट आन्दोलनले नराम्रो क्षति बेहोर्नु प¥यो । ठूला ठूला बलिदान र कुर्वानिहरूले पनि पराजय भोग्नु प¥र्याे अथवा भन्नू पर्दा विश्व कम्युनिस्ट आन्दोलन सेटब्याक भयो । बिश्वभरिका श्रमजीवी सर्वाहारा मेहनतकश जतना र तिनका प्रतिनिधित्व गर्ने विश्व भाईचारा संगठनहरू कमजोर बने । साम्राज्यवादी एम्बुसमा फसे र त्याहा बाट अघि बढ्न नसक्ने अबस्थामा पुगे जस्को मुल कारण बिचारको बिकास गर्दै क्रान्तिको रक्षा विकास र सफलताका सन्दर्भमा जस्तो सृजनात्मक प्रयोग हुने पर्ने थियो त्यस्को ठिक उज्यालो यान्त्रिक र जडसुत्रिय रूपले नक्कल गर्न खोज्दा विश्व कम्निस्ट आन्दोलन नै रक्षात्मक चरणमा पुग्यो । क्रान्तिको पुनरावृत्ति असम्भव छ क्रान्तिको विकास मात्र सम्भब छ भन्ने तथ्यलाई बोध गर्न नसक्दा २०औं सताब्दिमा कम्युनिस्ट आन्दोलनले आशा हैन निरासा मात्र छर्न पुग्यो ।
गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक समाबेशिता जस्ता उपलब्धिहरूले जनवादी क्रान्तिले निर्दिष्ट गरेका आधाआधि कार्यभार पूरा गरेका छन् भने बाँकि कार्यभार क्रमशः पूरा गर्दै समाजवादी क्रान्तिको आधार निर्माण र सुनिश्चितता अबको नेपाली क्रान्तिको साझा लक्ष्य र कार्यभार हो ।
यसरी हेर्दा २१ औं शताब्दिको सुरूवाति चरणसम्म ब्याप्त अमेरिकि साम्राज्यवादको एकछत्र प्रभाब निस्तेज तुल्याउदै विश्व कम्युनिस्ट आन्दोलनलाई बैचारिक आलोकमा सुसज्जित गर्न कम चुनौतिको बिषय थिएन । २० औं सताब्दीका असफताका घटनाहरूले श्रमजीवी सर्वाहारा बर्गिय जनता र तिनका प्रतिनिधिमुलक संस्थाहरूलाई बिश्वब्यापी रूपमा निरास पारेको थियो भने । साम्राज्यवाद र तिनका दलालहरू २१ औं सताब्दि सम्म पुग्दा माक्र्सवाद असफर र कम्युनिस्ट आन्दोलन असम्भव भन्ने स्याल हुईया मच्याउन थाले तर पनि रक्षात्मक अबस्थाबाट विश्व कम्युनिस्ट आन्दोलन सुस्तरि सुस्तरि क्रियात्मक चरणमा प्रबेस गर्यो । दक्षीण अमेरिकि देशहरूमा समाजवादको झण्डाहरू फहराउन थाले, उत्पिडित राष्ट्र र जनताहरू साम्राज्यवादका विरूद्व गोलबन्ध हुन थाले दक्षीण एसिया लगायतका देशहरूमा बामपंथी आन्दोलन पुनर्संगठित हुँदै अघि बढ्न थाले नेपालमा पनि २०४६ सालको आन्दोलन पश्चात् कम्युनिस्ट धार बलियो रूपमा अगाडि बढ्यो तर कम्युनिस्ट पार्टीहरू एकताबद्ध थिएनन् बिभाजित थिए तर संख्यामा अधिक थिए तर अलग थलग हुँदा कमजोर थिए । मुल रूपमा चौम मशाल, एकताकेन्द्र हुँदै बनेको माओवादी जस्ले लिर्घकालिन जनयुद्व मार्फत गाँउबाट सहर घेर्ने र अन्तत सामन्तवादी राज्यलाई अपदस्त गर्दै जनवादी ब्यवस्था स्थापना गर्ने उद्देश्य बोकेको थियो भने अर्काे चै कोके माले हुँदै बनेको नेकपा एमाले जस्ले शान्तिपुर्ण जनसंघर्ष र संसदिय व्यवस्थालाई अधिक उपयोग गर्दै जनअधिकारहरूलाई सबल र सुदृढ बनाउँदै अघि बढ्ने उद्देश्य बोकेको थियो यिनै दुई धारा बिचको वरिपरि नेपाली कम्युनिस्ट आन्दोलन केन्द्रित रह्यो । दूबै धारहरू आफूलाई नेपाली कम्युनिस्ट आन्दोलनको मुल धारका रूपमा परिभाषित पनि गर्दथे । दिर्घकालिन जनयुद्वको कार्यदिशा अबलम्वन गरेको तत्कालिन माओवादी जस्ले मालेमावाद सहित प्रचण्डपथ र एक्काईसौ सताब्दिको जनवादलाई आफ्नो बैचारिक आधारका रूपमा अघि सारेको थियो जुन बैचारिक आधार मार्फत १० बर्षे जनयुद्वको छोटो अबधिमा विश्व कम्युनिस्ट आन्दोलनमा नयाँ रक्त संचार प्रभाहित गर्न सफल भयो र तत्कालीन माओवादी पार्टीकै एजेण्डा अनुरूप नेपालमा गणतन्त्र, संघियता, धर्म निरपेक्षता, समानुपातिक सहभागीता जस्ता अग्रगामी मुद्वाहरू स्थापित भए, संबिधानसभा मार्फत संबिधान जारी हुन सक्यो यदी जनयुद्वको जगमा १२ बुँदे सहमति हुन्नथ्यो र १२ बँुदे सहमतिको आधारमा १९ दिने जनआन्दोलन नभएको भए यी परिबर्तनहरू सम्भव थिएनन् । तत्कालिन नेकपा एमाले मालेवाद र जनताको बहुदलिय जनवादलाई आफ्नो मुल बैचारिक आधार बनायो । संसदिय ब्यबस्थामा सहभागी बन्दै अल्पमतको ९ महिने सरकार संचालन पनि गर्यो र पछि राजाले माघ १९ को कदमबाट जनअधिकार खोसि सके पछि नेपाली काँग्रेस सहितको पक्षलाई राजाको निरंकुशता बिरूद्व सडक संघर्ष हुँदै १२ बुँदे सहमति सम्म डोर्याउन सफल देखियो जस्ले गर्दा जनयुद्व र जनआन्दोलनको संयोजन भयो कम बल प्रयोगमै नेपाली राज्य प्रणालीको मुल चरित्रमा फेरवदल आयो र सामन्तवादले घुडा टेक्यो ।
गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक समाबेशिता जस्ता उपलब्धिहरूले जनवादी क्रान्तिले निर्दिष्ट गरेका आधाआधि कार्यभार पूरा गरेका छन् भने बाँकि कार्यभार क्रमशः पूरा गर्दै समाजवादी क्रान्तिको आधार निर्माण र सुनिश्चितता अबको नेपाली क्रान्तिको साझा लक्ष्य र कार्यभार हो । जब लक्ष्य र उद्देश्य एक हुन्छ, कार्यदिशा समान हुन्छ भने अलथलग भएर गरिने पहलले भन्दा एकीकृत पहलकदमीले गुणात्मक रूपमा उपलब्धि हासिलका लागि आधार पनि तयार गर्दछ भन्ने मुलभुत मान्यताका साथ दुईवटा शक्तिशाली कम्युनिस्ट पार्टीहरू विघटन गरि बलियो र एकीकृत पार्टीको रूपमा नेकपा गठन भयो जस्को एक मात्र उद्देश्य दलाल नोकरशाही पुँजीवादलाई परास्त गर्दै समाजवाद स्थापना गर्नु हो । जस्का लागि हिजोको चरित्रको पार्टी, संगठन, प्रबिति र बिचारले सम्भब छैन । माक्र्सको रचनात्मक प्रयोग मार्फत बैचारिक उत्कृष्टता हाँसिल गर्दै समाजवादी क्रान्तिको नेतृत्व निर्माण गर्दै अधि बढ्न सक्नु आजको कार्यभार हो । बिगतका बिचार श्रृखलाहरूले समकालीन सामाजिक राजनीतिक अन्तरबिरोधको समाना गर्दै अघि बढ्न जसरी मार्गनिर्देशन गर्यो ठिक त्यसै गरि बर्तमान अन्तरबिरोध र तमाम खाले प्रतिकुलताहरूलाई परास्त गर्दै अघि बढ्न पुन एक पटक बिचारमा शंस्लेषण जरूरी छ । नयाँ र मौलिक बिचारले नै नयाँ र मौलिक रूपमा नेपालबाट समाजवादी क्रान्ति सम्पन्न गर्दै विश्व कम्युनिस्ट आन्दोलनलाई समेत एउटा मोडल दिन सक्ने सम्भाबनाको सन्निकट नेकपा रहेको छ । आशा गरौ नेकपा नेतृत्व यो युगिन कार्यभार पूरा गर्नका लागि कुनै मानेमा पनि चुक्ने छैन ।
(फुयाँल, सत्तारुढ नेकपा युवा नेता हुन्)
वि.सं.२०७७ भदौ २२ सोमवार १२:५१ मा प्रकाशित






























