back
CTIZAN AD

चाकडीबाजबाट जोगिऔं भन्दै नारायणकाजीले भने, ‘प्रशंसा र भजन मात्रै गाउनेले डुबाउछन्’

वि.सं.२०७७ भदौ २२ सोमवार

936 

shares

काठमाडौं । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ आलोचनात्मक चेत हुनेबाट तर्सिनु नपर्ने तर चाकडीबाज भने जोगिनु पर्ने बताउँछन् । प्रशंसा र भजन मात्रै गाउनेहरुले डुबाउने उनको तर्क छ ।

‘‪आलोचनात्मक चेत भएका साँच्चैका हितैषी हरुले आफुले ठिक नदेखेको कुरा समयमै भन्छन् र गल्ति गर्न वा पतनबाट बचाउँछन्, जवकी निहीत स्वार्थ केन्दृत अन्ध चाकडीवाजहरुले प्रशँसा र भजन मात्रै गाँउछन् र डुवाउछन्’ श्रेष्ठ अघि भन्छन्, ‘आलोचनात्मक चेत भएका मित्रहरुमा भर गरौं, स्वार्थी अन्ध प्रशंसकमा होइन।‬ ’

एक अर्को प्रसंगमा श्रेष्ठले लोकतन्त्रको विकल्प नभएको बताएका छन् । उनले लोकतान्त्रिक परिपाटीमा विचार सुन्ने सहिष्णुता र छलफल गर्ने धैर्यता हुने भन्दै निरंकुश तन्त्रमा त्यसको उपलब्धता नहुने बताउँछन् । लोकतन्त्रको विकल्प निरंकुश तन्त्र होइन भन्दै उनले लोकतान्त्रिक प्रक्रियामा हुने ढिलाईलाई गलत ढंगबाट बुझ्न नहुने बताए ।

‪उनले भनेका छन्, ‘लोकतान्त्रिक पध्दति अन्तर्गत कार्यगर्दा केही प्रकृयागत ढिलाई हुन सक्छ ।बिचार सुन्ने सहिष्णुता र छलफल गर्ने धैर्यता चाहिन्छ लोकतन्त्रमा ।निरङ्कुश तानाशाही तन्त्र छलफलको ‘झञ्झट’बाट मुक्त र छिटो काम हुने ब्यबस्था लाग्न सक्छ । तर लोकतन्त्र नै उत्तम हुन्छ, निरङ्कुशतन्त्र होइन ।‬’

यस्तो छ सामाजिक सञ्जालमा श्रेष्ठले लेखेको मननीय विचार

आलोचनात्मक चेत भएका साँच्चैका हितैषी हरुले आफुले ठिक नदेखेको कुरा समयमै भन्छन् र गल्ति गर्न वा पतनबाट बचाउँछन्, जवकी निहीत स्वार्थ केन्दृत अन्ध चाकडीवाजहरुले प्रशँसा र भजन मात्रै गाँउछन् र डुवाउछन् ।त्यसैले आलोचनात्मक चेत भएका मित्रहरुमा भर गरौं, स्वार्थी अन्ध प्रशंसकमा होइन।‬

बिचार सहितको विवेक भएकाहरु मुर्खले जस्तो सुर्याइँ नदेखाउन सक्छन् र निर्णय एवं कार्य गर्नु अघि सँशयकारी जस्ता देखिन सक्छन् । तर बिचार सहितका विवेकी हरु नै सुरा मुर्खहरु भन्दा भरपर्न लायक हुन्छन् ।‬

‪लोकतान्त्रिक पध्दति अन्तर्गत कार्यगर्दा केही प्रकृयागत ढिलाई हुन सक्छ । बिचार सुन्ने सहिष्णुता र छलफल गर्ने धैर्यता चाहिन्छ लोकतन्त्रमा ।निरङ्कुश तानाशाही तन्त्र छलफलको ‘झञ्झट’ बाट मुक्त र छिटो काम हुने ब्यबस्था लाग्न सक्छ । तर लोकतन्त्र नै उत्तम हुन्छ,निरङ्कुशतन्त्र होइन ।‬

वि.सं.२०७७ भदौ २२ सोमवार १३:०३ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...