back
CTIZAN AD

विश्व हिन्दू महासंघद्वारा मुक्तिनाथ वदे विद्याश्रम घटना बारे अध्ययन गर्न समिति गठन

वि.सं.२०७७ भदौ २२ सोमवार

957 

shares

२२ भदौ, काठमाडौँ । मुक्तिनाथ वेदविद्याश्रम मन्दिरमा घटेको घटना बारे अध्ययन गर्न विश्व हिन्दु महासंघ नेपालले अध्ययन समिति गठन गरेको छ ।

महासंघको हालै सम्पन्न पदाधिकारीहरुको आकस्मिक भर्चुअल बैठकले बाग्लुङ ४ बाग्लुङ कुडुलेफेदि स्थित मुक्तिनाथ वेदविद्याश्रम मन्दिरमा घटेको घटनाको अध्ययन गर्न महासंघका संरक्षक स्वामी डा. लेखनाथ आचार्यको संयोजकत्वमा ७ सदस्यीय अध्ययन समिति बनाउने निर्णय गरेको हो ।

महासघंका अध्यक्ष डा रामचन्द्र अधिकारीको अध्यक्षतामा बसेको उक्त बैठकले समितिले आश्विन मसान्तसम्म अध्ययन प्रतिवेदन केन्द्रमा पेश गर्ने गरी जिम्मेवारी दिइएको छ ।

सो समितिमा विश्व हिन्दु महासंघ नेपालकी उपाध्यक्ष एवम् गण्डकी प्रदेशका प्रमुख शंकर खराल, वि.क समाजका पूर्व अध्यक्ष गणेश बराइली, महासंघका केन्द्रीय सदस्य तथा युवा विभाग प्रमुख ऋषिकेश जंग शाह, केन्द्रीय सदस्य कीर्तिनाथ शर्मा पौडेल, केन्द्रीय सदस्य रामचन्द्र तिवारी र विश्व हिन्दु महासंघ नेपाल बाग्लुङका जिल्ला अध्यक्ष हरिप्रसाद गौतम रहेका छन् ।

समितिको प्रतिवेदन प्राप्त भएपश्चात केन्द्रीय समितिमा छलफल गरी राष्ट्रिय गुरुकुल नीति बनाएर, केन्द्रीय समतिबाट अनुमोदन गराएर आवश्यकता बमोजिम गुरुकुलको मर्यादा कायम गराउन नेपाल सरकारसँग समन्वय गरी ठोस कार्ययोजनासहित अघि बढ्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठक बस्नु अघि अध्यक्ष डा अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा सनातन हिन्दू धर्म संस्कृति संस्कार जोगाउन सम्बन्धित पक्षसँग माग गर्दै उत्पीडित समुदायले संस्कृत शिक्षा ग्रहण गर्न चाहेमा गुरुकुलीय परम्परा, आचरण, संस्कार तथा नीतिको अधीनमा रहि अध्ययन अध्यापनको वातावरण मनाउन माग गरिएको छ ।

यसैबीच महासंघले ललितपुरको रातो मछिन्द्रनाथ रथयात्रा तान्ने जात्रा मनाउने क्रममा भएको प्रहरी हस्तक्षेपको भत्सर्ना गरेको छ ।

अब गुरुकुलको आचारण पालन गर्ने जो कसैले पनि पढ्न पाउने विश्व हिन्दु महासंघ नेपालको भनाइ छ।

वि.सं.२०७७ भदौ २२ सोमवार १३:२८ मा प्रकाशित

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...