२३ भदौँ, काठमाडौँ । विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण ब्राजिलमा १ लाख २७ हजार भन्दा बढिको मृत्यु भएको छ ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट ३ सय १५ जनाको मृत्युपछि ब्राजिलमा यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख २७ हजार १ पुगेको छ ।
ब्राजिलमा गत २४ घण्टाको समय अवधिमा १० हजार १ सय ८८ जना नयाँ संक्रमित थपिएपछि ब्राजिलमा कुल संक्रमित संख्या ४१ लाख ४७ हजार ७ सय ९४ पुगेको छ ।
वि.सं.२०७७ भदौ २३ मंगलवार १०:४३ मा प्रकाशित





























