२४ भदौ, काठमाडौं । कोरोना संक्रमणबाट भरतपुर अस्पताल चितवनमा उपचाररत एक व्यक्तिको मृत्यु भएको छ ।
मिर्गौलको खराबीका कारण नियमित डाइलासिस गराइरहेका नवलपुर, देवचुली नगरपालिका १ का ६४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मंगलबार मृत्यु भएको अस्पतालले जनाएको छ ।
भदौ १७ गते कोभिड पुष्टि भएका उनी खोकी तथा स्वास प्रश्वासमा समस्या भइ भदौ १९ गते अस्पतालको कोभिड आइसीयुमा भर्ना भएर उपचार गराएका थिए ।
अस्पतालमा नियमित डाइलोसिस समेत गरिएका उनको अवस्था थप गम्भीर बन्दै गएपछि भेन्टिलेटरमा समेत राखेर उपचार गरिएको अवस्थामा मंगलबार बेलुका ५ः३० बजे CKD,HTN र COVID-19 निमोनियाको संक्रमणको कारणले निधन भएको अस्पतालले जानकारी दिएको छ ।
वि.सं.२०७७ भदौ २४ बुधवार ०९:४३ मा प्रकाशित






























