back
CTIZAN AD

पर्वत कुश्माका ४ वडामा निषेधाज्ञा

वि.सं.२०७७ भदौ २७ शनिवार

780 

shares

२७ भदौ, पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले कुश्मा नगरपालिकाका ४ वटा वडामा निषेधाज्ञा जारी गरेको छ ।

भाद्र २६ गते कुश्मा नगरपालिकामा गरिएको स्वाव परीक्षणको नतिजामा कोभिड १९ देखिएकोले कन्ट्याक्ट ट्रेसिङमा थप सर्तकता अपनाउन भन्दै कुश्मा नगरपालिकाका ४, ५, ६ र ७ वडाका सम्पूर्ण क्षेत्रमा लागू हुने गरी प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा आदेश जारी भएको हो ।

उक्त आदेशमा भाद्र २६ राती १२ बजेदेखि आश्विन ३ गते रातीसम्मका लागि कायम हुने गरी निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

सो अवधिमा एम्बुलेन्स, खाद्य सामग्री, दूध, पानी लगायतका अत्यावश्यक सेवाका सवारी साधन सञ्चालन हुने छन् भने सार्वजनिक र नीजि यातायात सञ्चालनमा रोक लगाइएको छ । त्यस्तै शैक्षिक संस्था, सभा गोष्ठी, सभा सम्मेलन, सिनेमा हल लगायतमा पनि रोक लगाइएको छ ।

सो जिल्लाका आयोजनाहरुमा अन्य जिल्लाबाट कामदार ल्याउँदा आरडिटी र पिसिआर नेगेटिभ भएको हुनुपर्ने र निजहरुलाई आयोजनास्थल वा कार्यस्थलमै राखेर सम्पूर्ण स्वास्थ्य र सुरक्षा सम्बन्धी मापदण्ड पालना गराउनु पर्ने र सोको जानकारी सम्बन्धित पालिका वा जनप्रतिनिधिलाई समेत जानकारी गराउनु पर्ने आदेशमा उल्लेख छ ।

वि.सं.२०७७ भदौ २७ शनिवार २०:४५ मा प्रकाशित

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...