back
CTIZAN AD

नेपाली काँग्रेसद्वारा पहिरो पीडितहरुको अस्थायी बसोबासको व्यवस्था गर्न माग

वि.सं.२०७७ भदौ २८ आइतवार

708 

shares

२८ भदौँ, काठमाडौँ । नेपाली काँग्रेसले सिन्धुपाल्चोकमा शनिबार गएको पहिरोका कारण पीडितहरुको उद्धार राहतका साथै अस्थायी बसोवासको व्यवस्था गर्न माग गरेको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस वक्तव्य जारी गर्दै सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं. ७ का तीन स्थान— नागफुजे, भिरखर्क र नेवार टोलमा पहिरो जाँदा पीडितहरुको उद्वार, राहत र सुरक्षित स्थानान्तरणका लागि सरकारसँग आग्रह गरेका छन् ।

सभापति देउवाले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं. ७ का तीन स्थान— नागफुजे, भिरखर्क र नेवार टोलमा पहिरो जाँदा ७ जनाको मृत्यु र २४ जना वेपत्ता भएको घटना तथा बाग्लुङमा १ जनाको मत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण पीडितहरुको यो संवेदनशीलताप्रति पार्टी तथा व्यक्तिगत तर्फबाट सहानुभूति प्रकट गरेका छन् ।

सिन्धुपाल्चोकमा पछिल्लो समय पटक–पटक पहिरोले क्षति गरेको तथ्य दृष्टिगत गर्दै भू–गर्भ विद्हरुले औंल्याएका जोखिमका वस्तिहरुका नागरिकलाई सुरक्षित स्थानान्तरण अविलम्ब गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
‘प्राकृतिक विपतको यस घडीमा वेपत्ताहरुको तीव्रताका साथ खोजी गर्न, घाइतेहरुलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामाग्रीहरु— खाद्यान्न, लत्ता कपडा, भाडाकुडा, औषधी र अस्थायी बसोबासको तत्काल व्यवस्था गर्न म सरकारसँग आग्रह गर्दछु ।’ विज्ञप्तिमा भनिएको छ ।

उनले उद्वार र राहतको मानवीय कर्तव्यमा थप सक्रियताका लागि पार्टी कार्यकर्ताहरूमा अपील गर्दै पहिरोमा जीवन गुमाउनेहरुको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

https://www.facebook.com/nepalicongresshq/posts/1837850569700826

वि.सं.२०७७ भदौ २८ आइतवार १७:०६ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...