back
CTIZAN AD

जोखिमयुक्त बस्ती स्थानान्तरण गर्न राष्ट्रपतिद्वारा ध्यानाकर्षण

वि.सं.२०७७ भदौ २८ आइतवार

801 

shares

काठमाडौं । राष्ट्रपति विद्या देवी भण्डारीले सिन्धुपाल्चोक घटनाप्रति दुःख व्यक्त गरेकी छिन् । आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनले सिन्धुपाल्चोकको बाह्रबिसेमा शनिबार राती गएको पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकी हुन् ।

‘२०७२ को भूकम्पबाट देशका विभिन्न भाग थङ्थिलो बनेकामा सिन्धुपाल्चोक लगातार पहिरोको जोखिममा परिरहेको छ, त्यहाँ फेरि पहिरोबाट जनधनको क्षति भएकोमा दुःखी भएको छु’ उनले भनेकी छिन् ।

पहिरोको घटनाहरु बढिरहेको सन्दर्भमा भण्डारीले जोखिमयुक्त बस्ती स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् । उनले भौगोलिक संवेदनशीलताको अध्ययन तत्कालै गरि स्थानान्तरण गर्नुपर्ने राय राखेकी छिन् ।

उनले भनेकी छिन्, ‘भौगोलिक सम्वेदनशीलताको अध्ययन गरी जोखिमयुक्त वस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्दछु।’

गत शनिबार राती सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा परि ११ जनाको मृत्यु भएको छ । हालसम्म पहिरोमा परेका २० अझै वेपत्ता छन् ।

वि.सं.२०७७ भदौ २८ आइतवार १८:३७ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...