back
CTIZAN AD

यस्तो छ नेपालमा २८ भदौ सम्मको कोरोना अपडेट (हेर्नुहोस् पूर्ण विवरण)

वि.सं.२०७७ भदौ २८ आइतवार

756 

shares

२८ भदौ, काठमाण्डौं । नेपालमा आइतबार ( २८ भदौ ) सम्म पिसीआर प्रविधिबाट ८ लाख ४० हजार ५२७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ९,१६५ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १५,११७ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ७,३८७ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ७,७३० जना रहेका छन् ।

हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या ६,५३६ रहेको छ । यो संख्या पछिल्लो समय घट्दै गएको हो ।

आज थपिएका १०३९ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ भने आज निको भएर ११७३ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म ३८ हजार ६९७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै आज थपिएका ९ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ ।
त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा १६९ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ६ जना, प्रदेश २ मा ९ जना, बागमती प्रदेशमा ११७ जना, गण्डकी प्रदेशमा ६, प्रदेश नं ५ मा २२ र कर्णाली प्रदेशमा ९ जना गरी जम्मा १६९ जना रहेका छन् ।

त्यसैगरी प्रदेश १ मा १ जना, बागमती प्रदेशमा २० जना र प्रदेश ५ मा १ र सुदूरपश्चिममा १ जना गरी जम्मा २३ जना विभिन्न अस्पतालका भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

त्यसैगरी ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सुनसरी, सर्लाही, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र रुपन्देही गरी ८ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरुमा मनाङ, मुस्ताङ, म्याग्दी, मुगु, डोल्पा र हुम्ला गरी ६ जिल्ला रहेका छन् ।

आज काठमाडौं उपत्यकाका ५९७ जनासहित १०३९ जनामा कोरोना संक्रमण
नेपालमा काठमाडौं उपत्यकाका ५९७ जनासहित देशैभरी १०३९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जना नयाँ संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा १, खोटाङमा २, झापामा १, मोरङमा ७१ र सुनसरीमा ३ जना संक्रमित थपिएका हुन् ।प्रदेश २ को धनुषामा १४, पर्सामा ४, बारामा ४, महोत्तरीमा ३, रौतहटमा १, सप्तरीमा २, सर्लाहीमा २२ र सिराहामा ३ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ४८३, काभ्रेपलान्चोकमा १, चितवनमा २७, धादिङ ३४, नुवाकोट ९, भक्तपुर ८१, रामेछापमा २, ललितपुरमा ३३ र सिन्धुपाल्चोकमा १ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ७, गोरखामा ७, तनहुँमा ७, नवलपरासीपुर्वमा २०, लमजुङमा २७ र स्याङजामा ५ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को कपिलवस्तुमा ४, गुल्मीमा २, दाङमा १, नवलपरासीमा ८, पाल्पामा १, प्युठानमा २, बर्दियामा ६१, बाँकेमा १७ र रुपन्देहीमा ३१ जनामा संक्रमण पु्ष्टि भएको छ ।

कर्णाली प्रदेशको जुम्लामा २, दैलेखमा १, रुकुमपश्चिमा १ र सुर्खेतमा ७ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा २, कन्चनपुरमा १४, कैलालीमा ७ र डडेल्धुरामा ३ जना सहित आज देशैभरी १०३९ जना संक्रमित थपिएका छन् । उनीहरुमा ३६५ महिला र ६७४ पुरुष रहेका छन् । आज थपिएका १०३९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।

आज ११७३ जनाले कोरोना जितेर घर फर्किए
नेपालमा आज पनि ११७३ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । पछिल्ला दिनमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या दिनहुँ बढिरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत ११७३ जना आज संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ११७३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ३४४१, प्रदेश २ मा १०,८३१, बागमती प्रदेशमा ७३८४, गण्डकी प्रदेशमा२२१८, प्रदेश नं ५ मा ६,४६६, कर्णाली प्रदेशमा २४८६ र सुदूरपश्चिम प्रदेशमा ५८७१ जना गरी हालसम्म जम्मा ३८ हजार ६९७ जना निको भएका हुन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ८८१, प्रदेश २ मा ४३९, बागमती प्रदेशमा ४९१, गण्डकी प्रदेशमा ५६१, प्रदेश नं ५ मा १७०६, कर्णाली प्रदेशमा ६९१ र सुदूरपश्चिम प्रदेशमा १७६७ जना गरी जम्मा ६,५३६ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश १ मा ३१५, प्रदेश २ मा ८१२, बागमती प्रदेशमा ४०१३, गण्डकी प्रदेशमा ७७७, प्रदेश नं ५ मा ११७७, कर्णाली प्रदेशमा २६६ र सुदूरपश्चिम प्रदेशमा ३७० गरी जम्मा ७,७३० जना विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार गराइरहेका छन् ।

होम आइसोलेशनमा
प्रदेश १ मा १०७६, प्रदेश २ मा १३३५ बागमती प्रदेशमा ३७५०, गण्डकी प्रदेशमा १८२ प्रदेश नं ५ मा ७१३ कर्णाली प्रदेशमा ९४ र सुदूरपश्चिम प्रदेशमा २३७ गरी जम्मा ७,३८७ जना होम आइसोलेशनमा बसेका छन् ।

कोरोना संक्रमणबाट आज काठमाण्डौंका ६ सहित ९ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट आज ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका ६ जनासहित ९ जनाको मृत्यु भएको हो । जसमा ४ जिल्लाका ३ महिला र ६ पुरुष गरी ९ जना रहेका छन् ।

मृत्यु हुनेमा काठमाडौंका ६५ वर्षीया २ महिला र कास्कीकी ४५ वर्षीया महिला तथा मोरङका ६९ वर्षीय, काठमाडौंका ५९, ७०, ६४ र ५९ वर्षीय ४ जना र सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुष रहेका छन् ।

आज थपिएका ९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ । कूल संक्रमित मध्ये मृत्यु हुनेको यो संख्या ६४ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा भदौ २७ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ भदौ २८ आइतवार १८:१६ मा प्रकाशित

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...