back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा भदौ २७ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ भदौ २७ शनिवार

756 

shares

२७ भदौं, काठमाण्डौं । नेपालमा शनिबार (२७ भदौ) सम्म पिसीआर प्रविधिबाट ८ लाख ३१ हजार ३६२ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १०,१७६ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म देशैभरी संक्रिय संक्रमित १५,२६० जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ९,१०७ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा बस्नेको संख्या ६,१५३ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालको आइसीयुमा १६० जना संक्रमित उपचाररत छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ५, प्रदेश २ मा ९, बागमती प्रदेशमा १०९, गण्डकी प्रदेशमा ६ प्रदेश ५ मा २२ र कर्णाली प्रदेशमा ९ जना गरी जम्मा १६० जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी बागमती प्रदेशमा २१ र प्रदेश ५ मा २ र सुदुरपश्चिम प्रदेशमा १ जना गरी जम्मा २४ जना विभिन्न अस्पतालका भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला सुनसरी, सर्लाही, काठमाडौं ललितपुर, चितवन र रुपन्देही गरी ६ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरुको संख्या ७ पुगेका छन् । जसमा सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, मुगु, डोल्पा र हुम्ला रहेका छन् ।

त्यस्तै आज थपिएका १२०१ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ भने आज ८५२ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३७ हजार ५२४ पुगेको छ ।

त्यसैगरी आज १४ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ४३१ सहित १२०१ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ४३१ जनासहित देशैभरी १२०१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३७७ ललितपुरमा ३७ र भक्तपुरमा १७ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाम, झापा, उदयपुर र ओखलढुंगामा १\१ जना, मोरङमा ५८ र सुनसरीमा १४ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा १, पर्सामा १०, बारामा १५, महोत्तरीमा ८, रौतहटमा ४, सप्तरीमा १०, सर्लाहीमा ८३ र सिराहाममा ७ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ३७७, काभ्रेपलान्चोकमा २, चितवनमा ९२, दोलखा, सिन्धुली, नुवाकोट र सिन्धुपाल्चोकमा १\१ जना, भक्तपुरमा १७, मकवानपुरमा १०७, रामेछापमा ७ र ललितपुरमा ३७ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ३५, गोरखामा ६, लमजुङमा १, बागलुङमा ३, तनहुँमा १, नवलपरासीपुर्वमा ५१ र स्याङजामा ७ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा ३, कपिलवस्तुमा २२, दाङमा २४, नवलपरासीमा ३, पाल्पामा ९, प्युठानमा १, बर्दियामा १८, बाँकेमा ३२, रुकुमपुर्वमा २, रुपन्देहीमा ८१ र रोल्पामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको दैलेखमा ४, सुर्खेतमा १८ र सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा ८, कैलालीमा ४, डडेल्धुरामा २ र डोटीमा १ जना संक्रमित थपिएसँगै आज देशैभरी १२०१ जना संक्रमित थपिएका छन् । जसमा महिला ४१६ र पुरुष ७८५ जना रहेका छन् ।

आज थपिएका १२०१ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ ।

आज ८५२ कोरोना संक्रमित निको भएर डिस्चार्ज
नेपालमा ८५२ जना कोरोना संक्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ८५४ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ८५४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३७ हजार ५२४ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ३३९०, प्रदेश २ मा १०,५२३, बागमती प्रदेशमा ६,८२०, गण्डकी प्रदेशमा २,१९९ प्रदेश नं ५ मा ६,३१२, कर्णाली प्रदेशमा २४८४ र सुदूरपश्चिम प्रदेशमा ५,७९६ जना गरी हालसम्म जम्मा ३७ हजार ५२४ जना निको भएका हुन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ९१४, प्रदेश २ मा ५६०, बागमती प्रदेशमा ५१०, गण्डकी प्रदेशमा ५६१, प्रदेश नं ५ मा १२९२, कर्णाली प्रदेशमा ७२३ र सुदूरपश्चिम प्रदेशमा १७९४ जना गरी हालसम्म जम्मा ६,३५४ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा ३३२, प्रदेश २ मा ८५७, बागमती प्रदेशमा ५,१४६ गण्डकी प्रदेशमा ८३०, प्रदेश नं ५ मा १२६३, कर्णाली प्रदेशम २४९ र सुदूरपश्चिम प्रदेशमा ४३० जना गरी हालसम्म जम्मा ९,१०७ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।

त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा १०३३, प्रदेश २ मा १४४५, बागमती प्रदेशमा २५१७, गण्डकी प्रदेशमा ७६, प्रदेश नं ५ मा ६५४, कर्णाली प्रदेशमा १०२ र सुदूरपश्चिम प्रदेशमा २२६ जना गरी ६,१५३ जना रहेका छन् ।

फेरि बढ्न थाल्यो कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या, आज पनि १४ जनाको मृत्यु
। नेपालमा कोरोना संक्रमणबाट आज १४ जनाको मृत्यु भएको छ । केही दिनदेखि मृत्युको संख्या कम हुँदै आएकोमा आज फेरि बढेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १० जिल्लाका १४ जनाको मृत्यु भएको छ । जसमा ३ जना महिला र ११ जना पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार आज मृत्यु भएकामा सुनसरीका ४३ वर्षीय, काठमाडौंका ५१ र ५४ वर्षीय, भक्तपुरका ७२ र ३८ वर्षीय, चितवनका ६१ वर्षीय, स्याङजाका ८५ वर्षीय, गोरखाका ४५ बर्षीय, कास्कीका ५१ वर्षीय, रुपन्देहीका ६० र ४० वर्षीय गरी ११ पुरुष र पर्साकी ७८ वर्षीया, काठमाडौंकी ७६ वर्षीया र तनहुँकी ७६ वर्षीया गरी ३ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

आज थपिएका १४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६६ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये मृत्यु हुनेको यो संख्या ०.६३ प्रतिशत हो ।

हेर्नुहोस् यस्तो छ नेपालमा भदौ २६ सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ भदौ २७ शनिवार १९:०० मा प्रकाशित

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा...

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

बाघको आक्रमणबाट एक पुरुष घाइते, बाघ नियन्त्रणमा

बाघको आक्रमणबाट एक पुरुष घाइते, बाघ नियन्त्रणमा

चितवन । जिल्ला चितवन राप्ती नगरपालिका १ डिपाट बस्तीमा बाघको...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...