back
CTIZAN AD

अहिले ८ बजे अचानक ब्ल्याकआउटको घोषणा

वि.सं.२०७७ भदौ २७ शनिवार

984 

shares

२७ भदौ, काठमाडौँ । आज साँझ ८ बजे अचानक ब्ल्याकआउट कार्यक्रमको घोषणा गरिएको छ ।
एमसीसी विरोधी अभियानले सत्तारुढ दल नेकपा स्थायी समितिको बैठकले एमसीसी पास गर्ने खतरा बढेको भन्दै त्यसको विरुद्धमा ‘बत्ती निभाऔं, ब्ल्याक आउट गरौँ’ भन्ने कार्यक्रम घोषणा गरेको हो ।

नेकपाको स्थायी समितिको बैठकले एमसीसी पास गर्ने चोरदुलो खोज्दै स्थायी समितिको अधिकारक्षेत्रबाट पनि ‘पार्टीले निर्णय गर्ने’ भन्दै अमूर्त कुरा गरी अलमलाउँदै धूत्र्याँइपूर्वक पन्छिने प्रपन्च गर्न खोजिएको भन्दै एमसीसी विरोधी अभियानका संयोजक नारायण शर्माले त्यसको विरोध स्वरुप ब्याल्यकआउट कार्यक्रममा सहभागी हुन सबैलाई सार्वजनिक रुपमा आह्वान गरेका छन् ।

‘यसप्रकारको निर्णयका विरुद्धमा तत्काललाई सांकेतिक रुपमा आज भाद्र २७ गते साँझ आठ बजे पाँच मिनेटको लागि मात्र भएपनि (बत्ती निभाउने) कार्य गरी विरोध जनाउने गर्न हामी सम्पूर्ण देशभक्त नेपाली जनतालाई हार्दिक आह्वान गर्दछौं ।’ सार्वजनिक अपिलमा भनिएको छ ।

एमसीसी विरोधी अभियानको बत्ती निभाउने कार्यको मार्क्सवादी एकता अभियान, नेपालले समर्थन गरेको छ ।
अभियानका संयोजक शम्भु कट्टेलले सामाजिक सञ्जालमार्फत जनाइएको ऐक्यबद्धतामा भनिएको छ– ‘क्रान्तिकारी मार्क्सवादी विचारको विकास, अधुरो जनगणतांत्रिक क्रान्ति पूरा गर्ने, जनजीबिकाका र अर्थतंत्रका समस्या अध्ययन र राष्ठ्रीय स्वाधीनताको रक्षा गर्ने आन्दोलनमा लागेकाहरुबीच एकता बढाई पीडित श्रमजीबी बर्गको मुक्तिमा प्राथमिकता दिएर योगदान गर्ने उध्देश्य लिई भरखरै स्थापना भएको “मार्क्सवादी एकता अभियान, नेपाल”ले आज राती ८ बजे देखी ५ मिनटसम्म बत्ती निभाएर देशघाती एम्सीसी संझौताको सांकेतिक बिरोध गर्ने MCC खारेज अभियान, नेपालको आह्वान प्रति ऐक्यबध्दता जाहेर गर्दछ।’

स्मरणरहोस् एमसीसी विरोधी अभियानले एमसीसी राष्ट्रघाती भएको भन्दै अहिलेकै अवस्थामा पास गर्न नहुने भन्दै विरोध कार्यक्रम गर्ने देखि विभिन्न चरणमा अन्तरक्रिया सम्पन्न गरिसकेको छ । एमसीसीको विरुद्धमा काठमाडौँ उपत्यकाका २२ वटा संघसंस्थाहरुले वक्तव्य सार्वजनिक गरेका छन् भने राष्ट्रिय जीवनका महत्वपूर्ण व्यक्तित्वहरुले संयुक्त अपिल गरिसकेका छन् ।

आयोजक शर्मा सत्तारुढ नेकपाका प्रभावशाली नेता हुन् भने एमसीसीको विरुद्धमा सो पार्टीका स्थायी समितिका सदस्य लिलामणि पोखरेलले पार्टी बैठकमा नोट अफ डिसेन्ट नै लेखेका छन् । आजको बक्ति निभाउने कार्यक्रम उपत्यकाको स्थानीयवासीको पनि समर्थन हुने बताइएको छ ।

https://www.facebook.com/narayan.paudel1711/posts/1445908702266217

वि.सं.२०७७ भदौ २७ शनिवार १८:१३ मा प्रकाशित

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...