back
CTIZAN AD

एन आई सी एशिया बैंक ‘किया’ गाडीको बित्तिय साझेदार

वि.सं.२०७७ भदौ ३१ बुधवार

1.1K 

shares

३१ भदौ, काठमाडौं । एन आई सी एशिया बैंक र किया ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टर प्राईजेज प्रा.ली. बीच यो बैंकलाई बित्तिय साझेदार बनाउने समझदारी भएको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौं सेवाग्राहीहरुका माझ गतिशिल बैंकिङ्गको अभ्यास गर्दै आएको बैंकले यो समझदारी गरेको जनाएको हो ।

समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा कम्पनीको तर्फबाट सहायक निर्देशक आशिष पौडेलले हस्ताक्षर गरेका छन् । उक्त ब्राण्डका कार बिक्री गर्दा कम्पनीले यस बैंकलाई बित्तिय साझेदार बनाउने र बैंकले किया ब्राण्डका उपभोक्ताहरूलाई सवारी कर्जामा थप सहज प्रदान गर्ने उक्त समझदारीपत्रमा उल्लेख गरिएको छ ।

उक्त बैंकले ल्याएको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण कर्जामार्फत किया ब्राण्डका कारहरू सेवाग्राहिहले खरिद गर्न सक्ने पनि बैंकले जारी गरेको बिज्ञप्तिमा जनाईएको छ ।

कन्टिनेन्टल ट्रेडिङ इन्टर प्राईजेजद्वारा बिक्री गरिने किया ब्राण्डका कार खरिद गर्दा काठमाडौं उपत्यकाका उपभोक्ताहरूले प्रशासनिक शुल्क भुक्तानी गर्न नपर्ने आकर्षक सुविधा रहेको छ । यो सुविधा रातो प्लेटका निजी तथा व्यवसायिक प्रयोजनको लागि सवारी खरिद गर्न चाहने ग्राहकहरुले प्रप्त गर्नसक्ने छन् ।

त्यसैगरि बैंकले उक्त चमत्कारिक सवारी कर्जामार्फत ग्राहक महानुभावहरूलाई आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्रै कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरेको छ । यस सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत अधिकतम रू. २ करोडसम्मको रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी खरिद गर्न सकिने र रातो नम्बर प्लेटका निजी प्रयोजनको सवारीका लागि ५० प्रतिशत तथा व्यवसायिक प्रयोजनका रातो नम्बर प्लेटको सवारीका लागि ८० प्रतिशत कर्जा प्रवाह गर्ने समझदारी बैंक र कन्टिनेन्टल ट्रेडिङ इन्टर प्राईजेज प्रा.ली. बीच भएको छ ।

उक्त सुविधा कम्पनीका देशभर रहेका सम्पूर्ण डिलरहरूबाट सेवाग्राहीहरूले लिन सक्ने समझदारीपत्रमा उल्लेख छ । यसका साथै सवारी धितो राखेको हकमा ८ वर्षसम्म र सवारी तथा घरजग्गा दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ ।

बैंकको ‘सुपर चमत्कारिक सवारी कर्जा’ प्राप्त गरेपश्चात् पहिलो वर्षसम्म कर्जाको ब्याजदर परिवर्तन नहुने र यसको ग्यारेन्टीका निमित्त बैंक र ऋणीको बिचमा व्यवस्था हुने कर्जा प्रस्ताव पत्र र बैंकले ब्याजदर सम्बन्धी प्रतिबद्धता पत्रको व्यवस्था गर्नेछ । एक वर्ष पश्चात् बैंकले ८.२५ प्रतिशत वा बेसरेट ८.२५ प्रतिशतभन्दा बढी भएमा बेसरेट बराबर नै यस कर्जाको ब्याजदर कायम गर्ने व्यवस्था गरेको छ ।

कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा सेवाग्राहीहरूको गुनासो तथा जिज्ञासाको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्नेका लागि बैंकले ‘सवारी कर्जा सहायता डेस्क’ स्थापना गरेको छ । यसका लागि सवारी खरिद गर्न चाहने सेवाग्राहीले ९८४१७६३५८५ नम्बरमा सिधै फोन गर्न सक्ने छन् । यस बाहेक ३४४८८ मा लोन टाइप गरी एस एम एस गरी थप जानकारी प्राप्त गर्न सकिनेछ । साथै बैंकको टोल फ्रि नम्बर १६६०–०१–७७७७१ तथा इमेल ठेगाना feedback@nicasiabank.com मार्फत समेत कर्जाबारे जानकारी लिन सकिने व्यवस्था गरेको जनाएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.१ अर्ब ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको पनि बैंकद्वारा जारी गरिएको बिज्ञप्तिमा जनाईएको छ ।

वि.सं.२०७७ भदौ ३१ बुधवार १६:५५ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...