१ असोज, काठमाडौं । हाल देशभर सामान्य बदली रही हरेक प्रदेशका केही स्थानहरु मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशका एक\दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै आज कोशी, कन्काई, कमला नदीजलाधारमा क्षणिक मध्यम बर्षा भई बहाब केहि बढ्ने र केहिमा आकस्मिक बहाब हुन सक्ने छ भने आज प्रदेश १, प्रदेश २, बागमती र नारायणी प्रदेशको तराई र चुरे भई बहने स-साना नदीमा बहाव केहि बढ्ने तर सतर्कता तलै हुने पनि महाशाखाले जनाएको छ ।

वि.सं.२०७७ असोज १ बिहीवार ०९:४४ मा प्रकाशित





























