काठमाडौं । नेकपाका उपाध्यक्षसमेत रहेका नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य पदमा मनोनय गर्ने निर्णयको पत्र राष्ट्रपति कार्यालयमा पुगेको छ । राष्ट्रपति कार्यालयले जानकारी दिएअनुसार प्राप्त पत्र दर्ता भईसकेको छ ।
जनाइएअनुसार गौतमलाई छिट्टै राष्ट्रिय सभा सदस्यमा मनोनय गर्ने तयारी भईरहेको छ । मनोनयनको सूचना सावर्जनिक गरेर जानकारी गराईने कार्यालयले जानकारी दिएको छ ।
गत सोमबार बसेको मन्त्रीपरिषद बैठकले रिक्त राष्ट्रिय सभा सदस्य पदमा नेता गौतमलाई पठाउने निर्णय गरेको थियो । निर्णय बाहिर सार्वजनिक नगरिएको भएपनि प्रधानमन्त्री कार्यालयले निर्णयलाई राष्ट्रपति समक्ष पठाएको थियो ।
गत भदौ १८ मा बसेको नेकपा सचिवालय बैठकले रिक्त राष्ट्रिय सदस्यमा गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । जसको प्रस्ताव प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।
वि.सं.२०७७ असोज १ बिहीवार १२:०१ मा प्रकाशित






























