अमेरिका । गिरिजा प्रसाद कोइराला (जिपी)फाउण्डेशन अमेरिकाले सेप्टेम्बर १६, २०२० बेलुका ६ बजे ७२(२४ ब्रोडवे, ज्याक्सन हाईट्स, न्युयोर्कमा १०० बक्स निशुल्क खाधन्न (ग्रोसरी, ड्राय फुड) वितरण कार्य सम्पन्न गरेको छ। उक्त ग्रोसरी क्वीन्स बोरो प्रेसिडेन्ट सारोन लि वाट यस फाउण्डेशनलाई सहयोग प्राप्त भएको हो।
कार्यालय अगाडिबाट लाइनमा प्राथमिकता का आधारमा विभिन्न समुदायका १०० जना व्यक्तिहरुलाई उक्त ग्रोसरी वितरण गरेको जानकारी यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले दिए ।
फाउन्डेसनको निःशुल्क खाधन्न (ग्रोसरी, ड्राय फुड) वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा र केन्द्रीय सदस्य सूर्य सीमखडा खटिएका थिए भने स्वयंसेवीहरु ने.का. युवा नेता क्रमशः पंकज सुब्बा, अनिल राज पाण्डे, प्रेमलाल बुढा मगर, सुवोध खाती, विमल रोक्का, ने.का नेत्री कमला पन्त न्युयोर्क, यसै फाउण्डेशनकी महिला सदस्य रेखा श्रेष्ठ, ईन्डीयन अमेरिकन कम्युनिटीका सतनाम सिंह लगायत खटिएका थिए ।
गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले क्वीन्स बोरो प्रेसिडेन्ट सारोन लि लाई धन्यवाद एवम् हार्द्वीक आभार व्यक्त गरेको छ ।
वि.सं.२०७७ असोज १ बिहीवार १०:४० मा प्रकाशित






























