१ असोज, अमेरिका । अमेरिकामा रहेका किराँत राईहरु र अन्य नेपाली समुदायले अस्पतालमा उपचार गराइरहेकी बालसरी राईलाई आर्थिक सहयोग गरेका छन् ।
तेष्स्यु राईको संयोजकत्वमा संकलन गरिएको उक्त रकम टाउकोमा गम्भीर चोट लागेर बिराटनगरस्थित नोबेल अस्पतालमा उपचार गराइरहेकी रौतामाई गाउँपालिका ५, उदयपुरकी बालसरी राईलाई रू ३ लाख ६ हजार ३ रुपैयाँ सहयोग गरिएको हो ।
तेष्स्यु राईको संयोजकमा दिल राई, गणेश राई, विजय राई, प्रेम राई, विजेन्द्र राई, सुजना राई, सम्भु राई, अग्नि राई र केशव राम राईले सहयोग रकम संकलनमा पहल गरेका थिए ।
उक्त रकम सेप्टेम्बर १ मा न्युयोर्कमा रहेका केशव राम राईले समाजसेवी भोलामणि हार्तम्छाली राईलाई पठाइएको र १५ सेप्टेम्बरमा किराँत राई यायोक्खाको कार्यालयमा समाज हार्तम्छाली राईले किराँत राई यायोक्खाको केन्द्रीय सभापति दिवस राई किराँतलाई हस्तान्तरण गरेका थिए भने दिवस राई किराँतले बालसरी राईको भतिज मोहन विक्रम राईलाई सहयोग हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा किराँत राई यायोक्खाको केन्द्रीय सभापति दिवस राईले सहयोग संकलन गरेर पठाउने अमेरिकामा रहेका किराँत राईहरु तथा अन्य सम्पूर्णमा एक मुष्टमा धन्यवाद ज्ञापन गर्दै बाल सरीको शिघ्र स्वास्थ्यलाभको पनि कामना समेत गरेका थिए ।
कार्यक्रममा किराँत राई यायोक्खाका केन्द्रीय उपसभापति जीवन हाताचो राई, ग्रिन इन्टरनेशनल क्लबकी उपसभापति सुबि राई र सचिव सम्पदा योङ्ग्या लिम्बूको समेत उपस्थिति रहेको थियो ।
वि.सं.२०७७ असोज १ बिहीवार १०:१९ मा प्रकाशित






























