असोज १, काठमाडौँ । इंल्याण्ड र अष्ट्रेलिया बिचको तेस्रो तथा अन्तिम एकदिवसीयमा अष्ट्रेलियाले शानदार जित हासिल गरेको छ । तेस्रो एकदिवसीयमा इंल्याण्डलाई अष्ट्रेलियाले ३ विकेटले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ्ग गरेको इंल्याण्डले ५० ओभरमा ७ विकेट गुमाए ३०२ रन बनाएको थियो । इंल्याण्डका लागि ओपनर जोनी बेयस्टोले सतक बनाएका थिए । उनी १२६ बल खेल्दैँ ११२ रन बनाएर आउट भएका थिए । त्यसैगरि साम बिलिंग्सले ५७ रन बनाए भने क्रिस वक्सले ५३ रन बनाएका थिए । अष्ट्रेलियाका लागि बलिङ्गमा एडम जाम्पा र मिचल स्टार्कले ३\३ विकेट लिन सफल भए ।
इंल्याण्डले दिएको ३०३ रनको लक्ष्य अष्ट्रेलियाले ४९.४ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । विशाल लक्ष्य पछाएको अष्ट्रेलियाले ७३ रनमा ५ विकेट गुमाई सकेको थियो । ५ विकेट गएपछि अष्ट्रेलियाका ब्याटिङ्ग गर्न आएको ग्लेन म्याक्सवेल र एलेक्स क्यारीले २१२ रनको साझेदारी निभाउदै अष्ट्रेलिया जित नजिक पुराएका थिए ।
२१२ रनको साझेदारी निभाएका दुवै खेलाडीले अष्ट्रेलियाका लागि सतक बनाउन सफल भएका थिए । अलराउण्डर ग्लेन म्याक्सवेलले ९० बलमा १०८ रनका विस्फोटक पारी खेलेका थिए भने विकेटकिपर एलेक्स क्यारीले ११४ बलमा १०६ रनको पारी खेलेका थिए ।
तेस्रो एकदिवसीयमा अष्ट्रेलियाले ३ विकेटले जित निकालेसँगैे ३ खेलका एकदिवसीय श्रृखला २\१ ले आफ्नो नाममा गरेको छ ।
एकदिवसीय श्रखलामा उत्कृष्ट प्रदर्शन गरेकाले ग्लेन म्याक्सवेललाई प्लेयर अफ द सिरिज घोषित गरिएको छ ।
वि.सं.२०७७ असोज १ बिहीवार १०:१५ मा प्रकाशित






























