असोज १, काठमाडौँ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलाई ७० औँ जन्मदिनको शुभकामना दिएका छन् । भारतीय प्रधानमन्त्री माेदी बिहिबार ७० वर्ष पुगेका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका हुन् । प्रधानमन्त्री ओलीले गरेकाे ट्वीट यस प्रकार छ :
Warm greetings to Prime Minister Shri @narendramodi ji on the auspicious occasion of your birthday. I wish you good health and happiness.
We will continue working closely together to further strengthen relations between our two countries.
— K P Sharma Oli (@kpsharmaoli) September 17, 2020
वि.सं.२०७७ असोज १ बिहीवार १३:३५ मा प्रकाशित






























