back
CTIZAN AD

सेयर बजारमा दोहोरो अंकको बृद्धि, होटल क्षेत्र चम्कियो

वि.सं.२०७७ असोज १ बिहीवार

1.2K 

shares

१ असोज, काठमाडौं । साताको अन्तिम दिन बिहिबार सेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक ३०.७८ अंकले बढेर १५७२.१८ बिन्दुमा पुगेको नेप्सेले जनाएको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ पनि ७.०२ अंकले बढेर ३१२.५० बिन्दुमा पुगेको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा झण्डै दोब्बरले बढेको छ ।

आजको बजारमा सूचिकृत कम्पनी मध्ये १९१ कम्पनीको ३ अर्ब ७२ करोड ७२ लाख २२ हजार १०६ रुपैंयाँ बराबरको १ करोड ३२ लाख १८ हजार ६९९ कित्ता सेयर किनबेच भएको पनि नेप्सेले जनाएको छ । तिनको कारोबारमा ५३ हजार २४३ पटक लेनदेन भएको छ ।

आज निर्जीवन बीमा बाहेक सबै ११ वटै कम्पनी उपसूचक समूहको परिसूचक उकालो लागेको छ । तिनीहरुमध्ये होटल समूह चम्कीएको छ । उसको सूचक सबैभन्दा धेरै १६१.५१ अंकले बढेको छ भने त्यसलाई पछ्याउँदै जलबिद्युत समूहको सूचक ८८.३८ अंकले बढेको छ ।

आजको बजारमा १४१ कम्पनीका लगानीकर्ताहरुले कमाएका छन भने २४ कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् । त्यस्तै ५ कम्पनीको सूचकमा कुनै पनि परिवर्तन आएको छैन ।

सूचकमा झण्डै ८ अंकले गिरावट आए पनि कारोबार रकमका आधारमा नेपाल पूनर्बीमा कम्पनी शिर्ष स्थानमा कायमै रह्यो । उसको आज १४ करोड ९८ लाख ६ हजार ८३२ रुपैंया बराबरको कारोबार भयो । बजार बन्द हुँदा उसको प्रतिकित्ता सेयरमूल्य ८७६ रहेको थियो ।

त्यस्तै नेपाल बैंक लिमिटेडको १२ करोड ६३ लाख ४५ हजार ६३४ रुपैंयाँ बराबरको कारोबार भएको छ । चिलिमे जलबिद्युत कम्पनीको १० करोड ६१ लाख ६ हजार ४७ रुपैंयाँ बराबरको कारोबार भएको छ भने अपर तामाकोशी जलबिद्युतको ८ करोड ५९ लाख ३४ हजार ८८१ रुपैंयाँ बराबरको सेयर कारोेबार भएको छ ।

कारोबार संख्याको आधारमा भने सिद्धार्थ ईक्युटी फण्ड शिर्ष स्थानमा रह्यो । उसको ९ लाख ४१ हजार ६०० कित्ता सेयर किनबेच भएको छ । त्यस्तै हिमाल दोलखा हाईड्रो पावर, नेपाल बैंक लिमिटेड, तथा अपि पावर कम्पनी क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन ।

Market Summary
Total Turnover Rs: 3,727,222,106
Total Traded Shares 13,218,699
Total Transactions 53,243
Total Scrips Traded 191

Market Information
Index Current Points Change %Change
NEPSE 1,572.18 30.78 2  
Sensitive 312.50 7.02 2.3  
Float 108.82 2.37 2.23  
Sen. Float 102.57 2.38 2.38  
Sub-Indices Current Points Change %Change
Banking 1,249.37 28.07 2.3  
Trading 1,016.83 6.56 0.65
Hotels 1,884.54 161.51 9.37  
Development Bank 1,837.96 66.04 3.73  
HydroPower 1,290.05 88.38 7.36  
Finance 726.85 41.95 6.13  
Non Life Insurance 8,147.47 0.41 0.01  
Manu.& Pro. 3,066.17 13.32 0.44  
Others 1,020.69 8.69 0.86  
Microfinance 2,605.46 12.21 0.47
Life Insurance 9,879.95 49.88 0.51
Mutual Fund 10.97 0.11 1.03 

वि.सं.२०७७ असोज १ बिहीवार १६:१८ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...