२ असोज, काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पिरामिडमा आधारिक सञ्जालयुक्त (नेटवर्किङ्ग) व्यवसाय नगर्न नगराउन अनुरोध गरेको छ । सूचना जारी गर्दै विभागले नेटवर्किङ्ग व्यवसायका नाममा ठगि भएको भन्दै विभागको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै यस्तो अनुरोध गरेको हो।
वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन)गर्ने ऐन २०७४ तथा नियमावली, २०७६ ले नेटवर्किङ्ग व्यवसाय गर्न नपाइने व्यवस्था गरेको उल्लेख गर्दै गैरकानुनी व्यवसायिक काम नगर्न भनेको छ ।
केही गुनासा र उजुरीबारे अनुसन्धान भैरहेको भन्दै विभागले नैटवर्किङ्ग शैलीको व्यवसायबाट ठगिन र सर्तक रहन आग्रह गरेको छ । यस्तो व्यवसाय सञ्चालन गरे कानुन बमोजिम १० लाखसम्म वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुने जनाएको छ ।
केही दिन अघि संसदीय अध्ययन उपसमितिले नेपालमा फेरि कानुनी छिद्रको प्रयोग गरेर नेटवर्किङ व्यवसाय सञ्चालन गर्ने कम्पनी दर्ता हुन थालेपछि त्यसलाई रोक्न सुझाव दिएको थियो।
वि.सं.२०७७ असोज २ शुक्रवार २०:०४ मा प्रकाशित



























