back
CTIZAN AD

आईपिएल २०२०: पहिलो खेलमा चेन्नाई ५ विकेटले विजयी

वि.सं.२०७७ असोज ४ आइतवार

756 

shares

असोज ४, काठमाडौँ । २०२० को इन्डियन प्रमियर लिग (आईपिएल) शनिबारबाट सुरु भएको छ । आबु दाबिमा भएको आईपिएलको पहिलो खेलमा चेन्नाई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १६२ रन बनाएको थियो । मुम्बईका लागि ब्याटिङ्गमा सौरभ तिवारीले सर्वाधिक ४२ बनाएका थिए भने चेन्नाईका लागि बलिङ्गमा लुंगी एनगिडीले सर्वाधिक ३ विकेट लिएका थिए ।

मुम्बईले दिएको १६३ रनको लक्ष्य चेन्नाईले १९.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । चेन्नाईका लागि अमबती रायुडुले ४८ बलमा ७१ रनको विस्फोटक पारी खेलेका थिए । त्यसैगरी फाफ डुप्लेसिसले पनि ४४ बलमा ५४ रनको पारी खेलेका थिए ।

जितसँगै चेन्नाई पहिलो खेलबाट २ अकं जोडेको छ ।

वि.सं.२०७७ असोज ४ आइतवार ०९:२९ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...