back
CTIZAN AD

व्यवस्था परिवर्तन त गर्याैं तर, अवस्था परिवर्तन हुँदै भएन

वि.सं.२०७७ असोज ४ आइतवार

999 

shares

हामीले धुमधामसँग संविधान दिवस मनाईरहँदा कोरोना कहरले थलिएको निम्न मजदुर वर्गले खान पनि नपाएको समाचार सार्वजनिक भएको छ । यसले आमुल परिवर्तनकारी हामीलाई मात्रै होइन यथास्थितिवादीहरुलाई पनि लज्जा बनाएको हुनुपर्दछ ।

हामीले इतिहासमा धेरै आन्दोलन गर्र्यौंं । वि.सं.१९९७ देखी राणाविरुद्व आन्दोलन गर्यौं । किसान संघर्ष चलायौं । २०१७ मा राजा महेन्द्रको कुविरुद्व आन्दोलन गर्र्यौंं । २०२८ मा झापाबाट शसस्त्र संघर्ष चलायौ । २०३६ मा जनआन्दोलनको ट्रायल गर्यौं । २०४६ मा जनआन्दोलन गर्यौं भने २०५२ देखि चलेको सशस्त्र जनयुद्व र २०६२–०६३ सालको जनआन्दोलन नेपालको इतिहासमै अनुपम र युगान्तकारी रहे । जसले निरंकुश राजतन्त्रलाई समाप्त पारी दलहरुलाई सत्तामा पुर्यायो । जनआन्दोलन र जनयुद्धको जगमा उभिएर यो आन्दोलन सफल भएको थियो भन्ने कुरा पनि हामीले बिर्सनु हुँदैन ।

२०४६ सालको जनआन्दोलनबाट राजनीति स्वतन्त्रता बाहेक जनताको अन्य अपेक्षा पूरा हुन नसकेको अवस्था थियो । २०६१ माघ १९ को संवैधानिक ‘कु’ पछि त्यो उपलब्धी पनि गुम्ने हो कि भन्ने आशङ्का जन्मिएको थियो । राजतन्त्रको निरङ्कुश शासनको पीडाले गर्दा प्रत्येक नेपाली छट्पटाइ रहेका थिए । अत्याचार र अन्योल बढ्दै थियो, त्यसबाट बच्ने र बचाउने विकल्प एक पछि अर्को गर्दै असफल हुँदै थिए । यसरी चारै तिरबाट निराश र असाय पारिदै गएका जनता अन्ततः मुक्तिको ढोका उघार्न आफै अग्रसर भएका थिए । त्यति मात्र होइन गन्तव्यको निक्र्यौल पनि आफै गरे, त्यसका लागि कुनै राजनिती पार्टीको मुख ताकेनन ।

सरकारको नेतृत्व गर्नेले दुईतिहाईको दम्भको न्यानो तापमा सुतेर होइन आफ्नो काँधमा आएको युगिन अभिभारालाई पूरा गर्न गम्भीर भएर अगाडि बढ्नुपर्छ । व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन हुन नसकेको तितो यर्थातलाई गंभिरतापुर्वक महशुस गरेर अघि बढ्ने आँट सरकारले गर्नुपर्छ ।

अपठित, गवार र चाकडीमै रमाउने जस्ता निकृष्ट आरोप खेपिरहेका नेपाली जनताको चेतनाको स्तर समयको अन्तरालसँगै कति उच्च भैसकेको रहेछ भन्ने ज्वलन्त प्रमाण हो यो । जनताको प्रजातन्त्र प्राप्तिको उत्कण्ठा र समर्पणको अकल्पनीय प्रदर्शनबाट देशमा संविधानसभामार्फत गणतन्त्रको स्थापना भयो र २०७२ असोज ३ गते संघिय गणतान्त्रिक संविधान घोषणा भयो ।

आज मुलुक इतिहासकै सबैभन्दा महत्वपूर्ण अवस्थामा उभिएको छ । संघिय गणतान्त्रिक संविधान घोषणापछिको यो युगिन अभिभारालाई पूरा गर्ने जिम्मा कम्युनिस्ट पार्टीको काधमा आएको छ । आम जनताले कम्युनिस्ट पार्टीलाई परिवर्तनको बाहकको रुपमा हेरेका छन र विश्वास पनि गरेका छन । यहि विश्वासको कारण नै अन्य पार्टीभन्दा कम्युनिस्ट पार्टी नेपालमा बलियो भएको हो । तर जनता कसैका पेवा हुँदैनन र आँखा चिम्लेर विश्वास पनि सधै गर्दैनन् त्यसैले परिवतर्तित परिस्थितिमा आफुँलाई ढालेर जनभावनालाई बुझ्न अहिलेको सरकारले सकेन भने विश्वका अन्य कम्युनिस्ट पार्टीको जस्तो उपादेयिता नसकिए पनि अस्तित्व समाप्त हुन सक्छ ।

नजिकैको भारतमा कम्युनिष्टले ब्यहोरेको पीडाले हामीलाई पनि पोल्नुपर्ने हो । अहिले सरकारको नेतृत्व गर्नेले दुईतिहाईको दम्भको न्यानो तापमा चिरनिद्रामा सुत्ने होइन, आफ्नो काँधमा आएको यो युगिन अभिभारालाई पूरा गर्न गम्भीर र एकताबद्ध भएर महत्वपुर्ण विषयमा सम्पुर्ण ध्यान केन्द्रीत गरेर अगाडि बढ्नुपर्छ । व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन हुन नसकेको कुरालाइ गंभिरतापुर्वक महशुस गरेर आँट सहित अघि बढनुपर्दछ ।

अहिलेको अवस्थामा बुद्धिमानीपुर्ण ढङ्गले नेतृत्व गर्न सकिएन भने मुलुक फेरि पछाडी धकेलिने खतरा छ । यदि यसो भयो भने इतिहासले कहिल्यै माफ गर्नेछैन । जनताले आन्दोलनबाट परिवर्तित यो व्यवस्थाबाट ठूलो अपेक्षा राखेका छन । जसको कारण पनि जनआकाङ्क्षा अत्याधिक बढेको छ, त्यसैले सत्तामा बसेको दलले आफुँलाई सत्तामा होइन तातो तावामा बसेको अनुभव गरेर अगाडि बढ्नुपर्छ । पारदर्शी शासनको माध्यमबाट जनतालाई आफुँसँग हिडाउन सक्नुपर्छ । जनता र सरकारबीचको अविश्वास मेटाउन र आस्था बढाउन, सरकारका प्रत्येक दृष्टिकोण वा धारणा जनता समक्ष पुग्दा भ्रम उत्पन्न गर्ने होइन, भ्रम निवारण गर्ने खालका हुनुपर्छ । जनताको सरकारप्रति अनास्था होइन आस्था वृद्धि गर्नुपर्छ ।

अहिले सरकार राष्ट्रियताको एजेण्डामा मात्र केन्द्रित भएको देखिन्छ । सरकारले मुख्य ध्यान दिनुपर्ने जनजिविकासँग प्रत्यक्ष जोडिएका समस्यामा खासै चासो लिएको देखिदैन । जसको कारण सरकारप्रती जनगुनासो व्यापक बढ्दै छ । अबका दिनमा जनभावना र जन अपेक्षाअनुसार सरकार अगाडि नबढ्ने हो भने जन समर्थन पातलिदै जाने निश्चित छ । आफ्नो असन्तुष्टि जनताले सडकमा मात्र होइन मतद्वारा पनि व्यक्त गर्नेछन् । त्यसैले अबका दिनमा सरकार जनभावना अनुरुप चल्नुपर्छ र जनताका अत्यावश्यक समस्यामा ध्यान केन्द्रित गर्दै सम्बोधन गर्न पनि सक्नुपर्छ ।

(लेखक सत्तारुढ नेकपाकी नेतृ हुन्)

वि.सं.२०७७ असोज ४ आइतवार १५:१४ मा प्रकाशित

विविधतामा एकता : नेपालको राष्ट्रिय पहिचानको मूल आधार

विविधतामा एकता : नेपालको राष्ट्रिय पहिचानको मूल आधार

१. पृष्ठभूमि राष्ट्रिय पहिचान भनेको साझा इतिहास, संस्कृति, भूगोल र...

सामाजिक सञ्जालको मनोविज्ञान : उपलब्धिभन्दा असन्तोष किन बढी ?

सामाजिक सञ्जालको मनोविज्ञान : उपलब्धिभन्दा असन्तोष किन बढी ?

नेपालमा सामाजिक सञ्जाल केवल सूचना आदानप्रदानको माध्यम मात्र रहेन, यो...

साना सहर विकासका अवसर र चुनौतीः सन्दर्भ खुर्कोट

साना सहर विकासका अवसर र चुनौतीः सन्दर्भ खुर्कोट

१. पृष्ठभूमि नेपालको सन्दर्भमा ‘साना सहर विकास योजना’ भन्नाले गाउँ...

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

काठमाडौँ । विश्व आज अभूतपूर्व प्रविधिगत परिवर्तनको युगबाट गुज्रिरहेको छ...

आ.ब. २०८३/२०८४ को सार्वजनिक बजेटको अवसर र चुनौतीहरु

आ.ब. २०८३/२०८४ को सार्वजनिक बजेटको अवसर र चुनौतीहरु

१. अवधारणा अर्थराजनीतिक दृष्टिकोणबाट देशको वार्षिक बजेट भनेको केवल आय–व्ययको...

नेपाली अर्थतन्त्रको विरोधाभाष

नेपाली अर्थतन्त्रको विरोधाभाष

१.अवधारणा नेपाली अर्थतन्त्रको विरोधाभाष ९क्ष्चयलथ०वा विडम्बना भनेको स्रोत, साधन र...