back
CTIZAN AD

देउवाको नियत सहि देखिएन, विशेष महाधिवेशन बोलाउने पर्ने देखियो : वरिष्ठ नेता पौडेल

वि.सं.२०७७ असोज ५ सोमवार

660 

shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको नियत गलत देखिएको बताएका छन् । उनले देउवाको नियत पार्टी अधिवेशन टारेर पार्टीलाई संकटतिर धकेल्न उद्धत रहेको आरोप लगाए ।

सामाजिक सञ्जाल ट्विटरमार्फत सोमबार पार्टी महाधिवेशनबारे आफ्नो धारणा राख्दै उनले देउवाले गलत नियत बोकेको आरोप लगाएका हुन् । ‘वर्तमान नेतृत्वको नियत हेर्दा अधिबेशन नै टारेर पार्टीलाई संकटतिर धकेल्ने कोशिष देखिन्छ’ सामाजिक सञ्जालमा ट्विटरमा पौडेलले भनेका छन्, ‘एकै महिनामा सम्पन्न हुन सक्ने समायोजन कार्य कतिपय जिल्लामा एक वर्ष बितिसक्दा पनि सम्पन्न गराईएको छैन, समायोजन नै नभएपछि क्रियाशिल नवीकरण र वितरण त्यसै रोकिएर बस्ने भयो ।’

उनले विशेष महाधिवेशन बोलाएर पार्टीलाई संकटबाट जोगाउनु पर्ने धारणा राखेका छन् । उनले भनेका छन्, ‘अधिबेशननै अन्योलमा पर्ने स्थिती भयो । त्यै भएर बाँकी रहेको अबधिलाई सदुपयोग गरी समयमा महाधिवेशन सम्पन्न गरौं भन्ने हो। त्यो पनि नगरेर अधिबेशननै टार्ने, नगर्ने नियत रहने हो भने पार्टीलाई संकटबाट जोगाउन विशेष महाधिवेशन बोलाएर भने पनि पार्टी वचाउन सकिन्छ भन्ने मेरो आशय हो ।’

पौडेलले आफुँ जसरी पनि महाधिवेशन गर्नुपर्ने अडानमा रहेको बताएका छन् । उनले पार्टी विधानत संकटमा रहेको भन्दै जोगाउन महाधिवेशन गर्न नसकिए विशेष महाधिवेशन बोलाउनु पर्ने बताए ।

सामाजिक सञ्जालमा पाैडेलले राखेकाे धारणा यस्ताे छ

महाधिवेशन र विशेष महाधिवेशन बारे मेरो भनाइ भनेर बङ्याएर जुन प्रचार गरिएको पाइएको छ । त्यसमा मेरो भनाइ यो छ :- मैले गत महासमितिको वैठक देखीनै पार्टीमा अधिवेशनको कार्यतालिका वनाएर “सुनौलो भविष्यका लागि समयबद्ध काम गरौं” भन्दै आएको छु ।

नेपाली कांग्रेसको वर्तमान बिधान अनुसार पार्टीका सबैतहका पदाधिकारी तथा सदस्यहरुको पदावधि ४ वर्ष तोकिएको छ। असाधारण परिस्थिति परेको खण्डमा केन्द्रिय कार्यसमितिले वढिमा एक वर्षसम्म अवधि वढाउन सक्नेछ भनिएको छ। जस अनुसार विधानतः आउदो फागुन उता यो समिति कायम रहने आधार समाप्त हुदैछ।

बर्तमान नेतृत्वको नियत हेर्दा अधिबेशननै टारेर पार्टीलाई संकटतिर धकेल्ने कोशिष देखिन्छ। किनभने एकै महिनामा सम्पन्न हुन सक्ने समायोजन कार्य कतिपय जिल्लामा एक वर्ष बितिसक्दा पनि सम्पन्न गराईएको छैन । समायोजन नै नभएपछि कृयाशील नवीकरण र वितरण त्यसै रोकिएर बस्ने भयो ।

अधिबेशननै अन्योलमा पर्ने स्थिती भयो। त्यै भएर बाँकी रहेको अबधिलाई सदुपयोग गरी समयमा महाधिवेशन सम्पन्न गरौं भन्ने हो। त्यो पनि नगरेर अधिबेशननै टार्ने , नगर्ने नियत रहने हो भने पार्टीलाई संकटबाट जोगाउन विशेष महाधिवेशन बोलाएर भने पनि पार्टी वचाउन सकिन्छ भन्ने मेरो आशय हो ।

वि.सं.२०७७ असोज ५ सोमवार १५:११ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...