back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका ६७४ सहित देशैभरी ११५४ जनामा कोरोना संक्रमण

वि.सं.२०७७ असोज ५ सोमवार

825 

shares

५ असोज, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका ६७४ जनासहित देशैभरी ११५४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जना गरी उपत्यकामा ६७४ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाम र उदयपुरमा १\१ जना, झापामा २, मोरङमा १०७ र सुनसरीमा ११ जना संक्रमित थपिएका हुन् ।
प्रदेश २ को धनुषामा २, पर्सामा ५, महोत्तरीम १४, रौतहटमा २९, सप्तरीमा ४७, सर्लाहीमा ७ र सिराहामा ४ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ५३८, काभ्रेपलान्चोकमा १०, दोलखामा ३, धादिङमा ६, नुवाकोटमा ५, भक्तपुरमा ७४, मकवानपुरमा ३, ललितपुरमा ६२, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा २ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १८, नवलपरासीपुर्वमा २ र पर्वतमा १ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा ७, कपिलवस्तुमा ९, नवलपरासीमा २४, पाल्पामा ४, प्युठानमा ७, बाँकेमा १०, रुकुमपुर्वमा ९ र रुपन्देहीमा १८ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको दैलेखमा ९, रुकुमपुर्वमा २ र सुर्खेतमा २८ जना संक्रमित थपिएका छन् भने सुदूरपश्चिम प्रदेशको अछाममा ३, कन्चनपुरमा ७, कैलालीमा ३४, डडेल्धुरामा ४, डोटीमा १, बझाङमा १६, बाजुरामा १ र बैतडीमा २ जना संक्रमित थपिएसँगै आज देशैभरी १,१५४ जना संक्रमित थपिएका छन् । जसमा महिला ४१८ र पुरुष ७३६ जना रहेका छन् ।

आज थपिएका ११५४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ७६७ सहित १३२५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६४ हजार नाघ्यो

वि.सं.२०७७ असोज ५ सोमवार १६:५७ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...