back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा असोज ५ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ असोज ५ सोमवार

660 

shares

५ असोज, काठमाण्डौं । नेपालमा सोमबार ( ५ असोज ) सम्म पिसीआर प्रविधिबाट ९ लाख २३ हजार ८२३ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ९,५३३ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १७ हजार ६११ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ८,९२१ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ८,६९० रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा १९६ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा १०, प्रदेश २ मा १६, बागमती प्रदेशमा १२८, गण्डकी प्रदेशमा ५, प्रदेश नं ५ मा २२ र कर्णाली प्रदेशमा १५ जना गरी जम्मा १९६ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा १ जना, बागमती प्रदेशमा २८ र प्रदेश ५ मा २ जना गरी जम्मा ३१ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन र रुपन्देही गरी ७ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु ६ रहेका छन् । जसमा रसुवा, मुस्ताङ, म्याग्दी, मुगु, डोल्पा र हुम्ला रहेका छन् ।
त्यस्तै आज थपिएका ११५४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ । साथै आज १००५ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४७ हजार २३८ पुगेको छ ।

आज १६ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२७ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ६७४ सहित देशैभरी ११५४ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ६७४ जनासहित देशैभरी ११५४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जना गरी उपत्यकामा ६७४ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाम र उदयपुरमा १÷१ जना, झापामा २, मोरङमा १०७ र सुनसरीमा ११ जना संक्रमित थपिएका हुन् ।
प्रदेश २ को धनुषामा २, पर्सामा ५, महोत्तरीम १४, रौतहटमा २९, सप्तरीमा ४७, सर्लाहीमा ७ र सिराहामा ४ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ५३८, काभ्रेपलान्चोकमा १०, दोलखामा ३, धादिङमा ६, नुवाकोटमा ५, भक्तपुरमा ७४, मकवानपुरमा ३, ललितपुरमा ६२, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा २ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १८, नवलपरासीपुर्वमा २ र पर्वतमा १ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा ७, कपिलवस्तुमा ९, नवलपरासीमा २४, पाल्पामा ४, प्युठानमा ७, बाँकेमा १०, रुकुमपुर्वमा ९ र रुपन्देहीमा १८ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको दैलेखमा ९, रुकुमपुर्वमा २ र सुर्खेतमा २८ जना संक्रमित थपिएका छन् भने सुदूरपश्चिम प्रदेशको अछाममा ३, कन्चनपुरमा ७, कैलालीमा ३४, डडेल्धुरामा ४, डोटीमा १, बझाङमा १६, बाजुरामा १ र बैतडीमा २ जना संक्रमित थपिएसँगै आज देशैभरी १,१५४ जना संक्रमित थपिएका छन् । जसमा महिला ४१८ र पुरुष ७३६ जना रहेका छन् ।

आज थपिएका ११५४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ ।

आज पनि १ हजार बढीले कोरोना जितेर घर फर्किए
नेपालमा आज पनि १ हजार पाँच जनाले कोरोना जितेर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १००५ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।

आज निको भएका १००५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४७ हजार २३८ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ४,२३७, प्रदेश २ मा १२३८९, बागमती प्रदेशमा ११,३९६, गण्डकी प्रदेशमा २७९५, प्रदेश नं ५ मा ७,४३७ कर्णाली प्रदेशमा २,७३० र सुदूरपश्चिम प्रदेशमा ६,०२५ जना गरी हालसम्म जम्मा ४७ हजार २३८ जना निको भएका हुन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ८६७, प्रदेश २ मा ३५७, बागमती प्रदेशमा ५०४, गण्डकी प्रदेशमा ५९४, प्रदेश नं ५ मा १६१२, कर्णाली प्रदेशमा ६५८ र सुदूरपश्चिम प्रदेशमा २८११ जना गरी हालसम्म जम्मा जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा ८९२१, प्रदेश २ मा २६९, बागमती प्रदेशमा ५,२१८, गण्डकी प्रदेशमा ६५४, प्रदेश नं ५ मा १२१७, कर्णाली प्रदेशमा १२१७ र सुदूरपश्चिम प्रदेशमा २८९जना गरी हालसम्म जम्मा ८,९२१ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।
त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा १३१५ प्रदेश २ मा ९९८,बागमती प्रदेशमा ४,९६१, गण्डकी प्रदेशमा २८६, प्रदेश नं ५ मा ७५९ कर्णाली प्रदेशमा १८५ र सुदूरपश्चिम प्रदेशमा १८८ जना गरी ८६९० जना रहेका छन् ।

कोरोना संक्रमणबाट एकैदिन १६ जनाको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो
५ असोज, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ११ जिल्लाका १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र १३ पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार आज मकवानपुरकी १७ वर्षीया, ललितपुरकी ५८ वर्षीया र दोलखाकी ५२ वर्षीया गरी ३ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
त्यस्तै झापाका ७२ वर्षीय, सुनसरीका ४९ वर्षीय, पर्साका ८८ वर्षीय, भक्तपुरका ८४ वर्षीय, काठमाडौंका ५८ र ७३ वर्षीय, मकवानपुरका ६८ वर्षीय, ललितपुरका ६१ वर्षीय, चितवनका ५५ वर्षीय, रुपन्देहीका ६७ वर्षीय, बाँकेका ५० र ५९ वर्षीय गरी १३ पुरुषको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।  आज थपिएका १६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२७ पुगेको छ ।

हेर्नुहोस् यस्तो छ नेपालमा असोज ४ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ असोज ५ सोमवार १७:५३ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...