back
CTIZAN AD

सानिमा जनरलले पायाे आईपीओ निष्काशन गर्ने अनुमति

वि.सं.२०७७ असोज ५ सोमवार

783 

shares

काठमाडाैं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्डबाट कम्पनीले साेमबार प्राथमिक शेयर निष्काशन गर्ने अनुमति पाएकाे हाे ।

कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको हो । आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्नेछ।

कम्पनीको आईपीओ एनआईसी एशिया क्यापिटललाई निष्काशन गर्नेछ । सानिमा जनरल इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने प्रस्ताव गत माघ २४ गते सम्पन्न साधारण सभाले पारित गरेको थियो ।

कम्पनी निष्काशनले गर्न लागेको उक्त आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी वीवी प्लस’ रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्गले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको जनाउँछ।

कम्पनीले दुई वर्षअघि बीमा समितिबाट निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्ने अनुमति पाएको थियो। बीमा समितिले तीनवटा नयाँ कम्पनीलाई निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्ने अनुमति प्रदान गरेको थियो।

वि.सं.२०७७ असोज ५ सोमवार १७:३९ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...