back
CTIZAN AD

पुराना कलाकारहरुलाई सम्मान नयाँलाई प्रोत्साहन

वि.सं.२०७३ पुस २१ बिहीवार

981 

shares

purana-kalakarli-saman-nayalai-protsan
बसन्त फिल्मस प्रा.लिले नेपालबाट प्रस्तुति दिन कतार आएका कलाकारहरुलाई सम्मान गर्यो । आई बोस ग्लोबल कतारले गरेको नयाँबर्षको लागि सांगीतिक कार्यक्रम सम्मानित हुने कलाकारहरुमा रुपकुमार रार्ई, गायिका सहिमा श्रेष्ठ, नृत्य निर्देशक तथा मोडेल शंकर बिसी, नृत्याङ्गना रश्मी तामाङ, मोडेल तथा निर्देशक स्मृति तिमिल्सिना र उद्घोषिका सुर्जनी केसी रहेका छन् । कतार प्रवेश गर्ने हरेक विधाका कलाकारहरुलाई सम्मान गर्ने गरेको फिल्मसले यसपाली पनि आफ्नो रितिलाई दोहो¥याएको छ । यसरी नै भविष्यमा पनि आफ्नो सिलसिला कायम राख्ने फिल्मसका अध्यक्ष काफ्ले बताए ।
भर्खरै मात्र नेपालमा समेत दर्ता प्रक्रियालाई पूर्णता दिँदै आफ्नो कार्यलाई अगाडी बढाएको प्रालिले पुराना कलाकारहरुलाई सम्मान गर्दै नयाँ कलाकारहरुलाई प्रोत्साहन गर्ने आफ्नो लक्ष्य राखेको छ । यसैक्रमको निरन्तरतामा आफूले काम थालेको चौध–पन्ध्र महिनाको अन्तरालमा नयाँ र पुराना कलाकारहरुका ८० ओटा म्युजिक भिडियो निर्माण गरिसकेको सस्थाका सदस्य तिलु पौडेल जानकारी दिएका थिए ।
kalakar-samman-in-qatarपुराना कलाकारहरुको आफ्नै स्थान हुने गर्दछ । आफ्नो स्थान बनाई सकेका कलाकारहरुले आफू हिड्ने बाटो आफै तय गरीसकेका हुनाले बिशेष गरेर प्रालिले नयाँ आउने जुनसुकै विधाका कलाकारहरुलाई कलाकारिताको बाटोमा दोहो¥याउने मुख्य उद्देश्य राखेको छ । आफू भित्र गला र कला हुदाँहुदै पनि विभिन्न आर्थिक, भौतिक, सहकार्य संगै विभिन्न कारणले आफ्नो क्षमता देखाउन नसकेका अति बिपन्न बर्गका कलाकारहरुको प्रतिनिधित्व समेत प्रालिले गर्ने अध्यक्ष काफ्लेले खुलाएका थिए।
कतारको दोहास्थित वेलकम रेस्टुरेन्टमा सम्पन्न सम्मान कार्यक्रममा सभापति बसन्त फिल्मसका मेनेजिङ्ग डाइरेक्टर ईश्वर काफ्ले रहेका थिए । प्रमुख अतिथि आई बोस ग्लोबल अमेरिकाका अध्यक्ष हप खड्का रहेको कार्यक्रममा अन्य अतिथिहरुमा आइबोस ग्लोबल कतारका अध्यक्ष नेत्र न्यौपानेका साथै कतारमा विभिन्न क्षेत्रबाट समाजलाई सहयोग गर्ने समाजसेवीहरु बिमल सुबेदी, माया केसी, लिलाम चिड्डी मगर, कार्यक्रमका लागि नेपालबाट आमन्त्रित कलाकारहरु संघसंस्थाका प्रतिनिधिहरु, पत्रकार लगायत दर्शक तथा शुभचिन्तकहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सचिव अबुअलीले गरेका थिए ।

वि.सं.२०७३ पुस २१ बिहीवार ०४:०६ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...