back
CTIZAN AD

बहराईनमा गुरुङ समुदायले तमु लेच्याल्हो पर्व मनाए

वि.सं.२०७३ पुस २१ बिहीवार

921 

shares

baharin-ma-chalawa
“प्ये म्हस्याँक्ष्याम्हमु, क्ष्याम्हस्याँल्हु म्हमु, ल्हु म्हस्याँम्हिम्हमु” भन्ने मुल उद्देश्यका साथ बहराईनको राजधानी मानमास्थित डेलमोन इन्टरनेश्नल होटलको प्राङ्गणमा गुरूङ समुदायहरूको महानपर्व १५ पौष नेपाली राजदूतावासका श्रम सहचारी जगदिशचन्द्र शिवाकोटीको प्रमुख आतिथ्यतामा तमु ल्होसार राष्ट्रिय पर्वलाई विविध साँस्कृतिक कार्यक्रम गरि भब्य मनाए ।
शास्त्र हराए संस्कार हराउँछ ! संस्कार हराए, संस्कृति र परम्परा हराउँछ, मान्छेको ईतिहास, पहिचान, अधिकार, अस्तित्व र महत्त्व सुनिश्चित भएमात्रै राष्ट्रिय एकता बलियो हुने धारण राख्दै वक्ताहरूले १५ पौष राष्ट्रिय पर्व तमु ल्होसारको शुभकामना दिए । “च्याल्हो” मा प्रवेश गरेका तमुहरूलाई क्रमशः सुस्वास्थ्य तथा दिर्घायूको कामना सहित स्याई गरे । समाजका राजित तमु र दीपक गुरूङले संयुक्त रूपमा संचालित सांस्कृतिककार्यक्रममा तेस्रो मुलुक (बिङ्गो ग्रुप) का बाल कलाकारले समेत प्रस्तुति रहेको थियो ।

ल्होसारमा आदिवासी जनजाति महासंघमा आवद्ध लिम्बू समुदायको चर्चित च्याब्रुङ, साकेला, तामाङको, सेलो मगरको प्रख्यात कौडा नृत्य, अन्तराष्ट्रिय नेपाली कलाकार समाजले राष्ट्रिय लोक तथा दोहोरी गीत, अन्तर्राष्ट्रिय नेपाली कलाकार मञ्च र हिमालयन हर्टको विभिन्न प्रस्तुतिहरु सहित विभिन्न मातृ संस्थाका कलाकारहरूले आआफ्नै परम्परागत जातीय पहिचान झल्काउने पोषाकमा मौलिक कला र संस्कृति झल्किने नृत्य तथागीत, संगीतपारखी, कलाप्रेमी दर्शक तथा श्रोताहरुलाई भरपुर मनोरञ्जनले आनन्दित बनाएको समाजका प्रवक्ता अमर जंग गुरूङले बताए ।
प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि र सभाध्यक्षले गीतकार बचन राईको (बचन) एल्बमलाई सोही कार्यक्रममा लोकार्पण गरिएको थियो ।

वरिष्ठ अतिथिमा समाजका संस्थापक तथा संरक्षक गम ब. तमु गुरूङ, रहेका थिए । विशेष अतिथिमा नेपाली दूतावासका तृतीय सचिव अमृत लोप्चन तामाङ, ने.आ.ज. महासंघका अध्यक्ष काजीथापा मगर, विभिन्न महासंघमा आवद्ध मातृ संस्थाका प्रमुख तथा प्रतिनिधि, नेपाली क्लबका अध्यक्ष कमल श्रेष्ठ, गैरआवासीय नेपाली संघका उपाध्यक्ष लाल प्रसाद पुन मगर, समाजका वरिष्ठ सल्लाहकार दीपक तमु गुरूङ, प्रमुख सल्लाहकार ज्ञानेन्द्र तमु गुरूङ, ने.वे.सोसाईटीका अध्यक्ष शालिकराम पन्त रहेका लगायत विभिन्न पेशा, व्यावसायिक एवम् विशिष्ट ब्यक्तित्वहरू रहेका थिए । अन्य कृयाशिल विभिन्न वर्गीय, क्षेत्रीय, धार्मिक, संस्कृतिक संघ संस्था संगठनका प्रमुख तथा प्रतिनिधि, स्थानीय पत्रकारहरूलाई अतिथि ग्रहण गराएको थियो । समाजका उपाध्यक्ष शंकरमान तमु गुरूङको स्वागत तथा सचिव राजु तमु गुरूङ्को संचालनमा सम्पन्न कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष नरेन्द्र घले गुरूङले गरेको थियो ।

वि.सं.२०७३ पुस २१ बिहीवार ०४:१४ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...