back
CTIZAN AD

‘दीक्षितमा युगको प्रतिनिधित्व गर्दै सटिक लेखन क्षमता’

वि.सं.२०७३ पुस २१ बिहीवार

1K 

shares

२१ पुस,काठमाडौँ। नेपाली भाषासाहित्यको प्रयोग र विकासमा विशिष्ट योगदान पु¥याउनु भएका साहित्यकार कमलमणि दीक्षितको स्मृतिमा आज यहाँ शोकसभा आयोजना गरियो ।

मध्यबानेश्वरस्थित रत्न पुस्तकालयले आयोजना गरेको उक्त सभामा उहाँको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पार्दै श्रद्धाञ्जलि अर्पण गरियो । अभिभावकले आफूलाई खाजाका लागि दिएको पैसाले किताब किनेर नेपाली भाषा र साहित्यको प्रवद्र्धनमा लाग्नुभएका दीक्षितले मदन पुस्तकालय र मदन पुरस्कार गुठी स्थापना गर्नुभएको थियो ।

शोकसभामा नेपाल प्रज्ञा¬–प्रतिष्ठानका उपकुलपति डा विष्णुविभु घिमिरेले नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान पु¥याउनुहुने दीक्षितमा युगको प्रतिनिधित्व गर्दै सटिक लेखन क्षमता रहेको बताउनुभयो । प्रा डा कुमार कोइरालाले ५० भन्दा बढी पुस्तकका सर्जक दीक्षितले नेपाली भाषासाहित्यका अतिरिक्त शैक्षिक उन्नयनमा पनि ठूलो योगदान पु¥याउनुभएको उल्लेख गर्नुभयो ।

आयोजक संस्था पुस्तकालयका अध्यक्ष शशिविक्रम राणा, डा केदार न्यौपाने, मनमोहन भट्टराई, भीमशङ्कर भण्डारी, डा मधुसूदन लामिछाने, मुकुन्दराज सत्याल लगायत साहित्यकार र समालोचकले दीक्षितको निधनबाट नेपाली भाषासाहित्यका लागि अपूरणीय क्षति पुगेको छ भन्नुभयो । साहित्यकार दीक्षितको एक साताअघि निधन भएको थियो । रासस

वि.सं.२०७३ पुस २१ बिहीवार ०४:५५ मा प्रकाशित

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...