back
CTIZAN AD

शिखर इन्स्योरेन्सका शेयरधनीको हुने भयो रित्तो हात, यस्ताे गर्याे सञ्चालक समितिले निर्णय

वि.सं.२०७७ असोज ६ मंगलवार

780 

shares

काठमाडौं । शिखर इन्स्योरेन्सले आर्थिक वर्ष ०७५/७६ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । सोमबार साँझ बसेको संचालक समितिको बैठकले नाफाबाट लाभांश वितरण नगरी जगेडा कोष कायम गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिको बैठकले कम्पनीको आर्थिक वर्ष २०७५/७६ को बीमा समितिबाट निर्जीवन बीमा गर्ने बीमकको वित्तीय विवरण सम्बन्धि निर्देशन बमोजिम वित्तीय विवरणहरु तथा एनएफआरएस बमोजिम वित्तीय विवरण पारित गरी बीमा समितिको स्वीकृतिको लागि पेश गर्ने निर्णय गरेको हो।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ मा ४७ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा उसले ४५ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यस्तै, २०७६/७७ को वित्तीय विवरणहरुको सैद्धान्तिक स्वीकृतिको लागि बिमा समिति समक्ष पेश गर्ने निर्णय समेत सो बैठकले गरेको नेप्सेमा प्रकाशित सूचनामा उल्लेख छ ।

कम्पनीले दुवै आर्थिक वर्षको साधारणसभा पनि चाँडै गरिने बताएको छ ।

वि.सं.२०७७ असोज ६ मंगलवार १२:१८ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...