back
CTIZAN AD

मन्त्री पोखरेलको खुलासासँगै विवादमा तानिए ओली, राष्ट्रवादी छवि मै उठ्यो प्रश्न

वि.सं.२०७७ असोज ७ बुधवार

735 

shares

काठमाडौं । नेपालको संशोधित नक्शासहितको पुस्तक प्रकाशन तथा वितरणमा रोक लगाउने निर्देशन गरेको कुरा सार्वजनिक भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली विवादमा तानिएका छन् । राष्ट्रवादी छबि बनाइरहेका ओलीले पुस्तक प्रकाशन तथा वितरणमा रोक लगाउने निर्देशन गरेसँगै विवादमा तानिएका हुन् । ओलीले गरेको निर्देशनको खुलासा शिक्षामन्त्री पोखरेलले मंगलबार पत्रकार सम्मेलन गर्दैै गरेका थिए ।

पुस्तक प्रकाशन तथा वितरणमा रोक लगाउन निर्देशन गरेसँगै ओलीको चौतर्फी आलोचना भएको छ । सत्तारुढ नेकपाकै नेताहरुले उनको कदमप्रति विरोध जनाएका छन् ।

पाठयक्रम विकास केन्द्रले भारतको अतिक्रमणमा परेको नेपाली भूभाग कालापानीसहितको क्षेत्रफल भएको किताब प्रकाशन गरेको थियो । ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ नामक किताबमा संसदबाट पारित भएको चुच्चे नक्सा र सोही बमोजिमको क्षेत्रफल समेटिएको छ ।

पाठ्यक्रम विकास केन्द्रले विज्ञ तथा सरोकारवालालाई लक्षित गरि हालसम्म ५०० प्रति मात्रै पुस्तक प्रकाशन गरेको थियो । किताबमा नेपालको संशोधित क्षेत्रफल (नाबी, कुटी, गुञ्जीलगायत लिम्पियाधुरासहित) १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर उल्लेख छ ।

तर, प्रधानमन्त्री ओलीले पुस्तकले भारतसँगको सम्बन्धमा दरार आउने भन्दै प्रकाशन तथा वितरणमा रोक लगाउने निर्देशन गरेका थिए । उनले तथ्यांक सहि नभएको बताएको कुरा शिक्षामन्त्रीले सार्वजनिक गरेका छन् ।

पोखरेललाई कारबाहीको तयारी

मन्त्री पोखरेलको कदम र अभिव्यक्तिले विवादमा तानिएसँगै प्रधानामन्त्री ओली रुष्ट बनेका छन् । ओलीले पोखरेलको शैली गैरजिम्मेवार रहेको पनि ठहर गरेको बुझिएको छ ।

ओलीले गैरजिम्मेवार शैलीका मन्त्री पोखरेलमाथि कारबाहीको तयारीसमेत थालेको कुरा स्रोत बताउँछ । यहि मुद्दामा नै ओलीले पोखरेललाई जुनसुकै बेला हटाउन सक्ने सम्भावना रहेको स्रोतले उल्लेख गरेको छ ।

वि.सं.२०७७ असोज ७ बुधवार १६:१६ मा प्रकाशित

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश...

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री...

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

काठमाडौँ । नेपाली कांग्रेसले सरकारप्रति नागरिकको अविश्वास बढ्दै गएको निष्कर्ष...

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...