back
CTIZAN AD

लाइसेन्स वा ब्लुबुक हराए पनि ट्राफिक कार्यलय धाउनु नपर्ने, कसरी लिने सेवा ?

वि.सं.२०७७ असोज ७ बुधवार

5.5K 

shares

काठमाडाैं । अब लाइसेन्स वा ब्लु बुक हराए पनि ट्राफिक कार्यलय धाउनु नपर्ने भएकाे छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएको लाइसेन्स, ब्लु बुक र रुट परमिट सिफारिस लिनका लागि ट्राफिक कार्यालय नै धाउनुपर्ने बाध्यताको अन्त्य गरेको हाे ।

सेवाग्राहीले घरबाटै अनलाइनमार्फत फारम भरेर हराएको कागजातको सिफारिस बनाउन सक्ने महाशाखाले जनाएकाे छ । यो सेवा सुरु भएपछि बागमती प्रदेशबाट जारी गरिएको लाइसेन्स, ब्लु बुक र रुट परमिटको सिफारिस लिन ट्राफिक कार्यालय गएर लाइन बस्नुपर्ने दिनको अन्त्य भएको छ।

अनलाइनबाटै कसरी लिने सिफारिस

यसका लागि ट्राफिक प्रहरीको वेबसाइट https://traffic.nepalpolice.gov.np/ मा गएर फर्म भर्नुपर्ने हुन्छ। वेवसाइटमा गएर ‘Lost Document Application’ मा क्लिक गर्नुपर्ने हुन्छ।

जुन कागजात हराएको हो त्यहिअनुसार सेवाग्राहीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ। विवरण भर्नलाई लाइसेन्स, ब्लु बुक र रुट परमिट मध्ये एउटा छनौट गर्नुपर्छ।

त्यसपछि निवेदकले नाम फोन नम्बर, ठेगाना र आफ्नो परिचय खुल्ने नागरिकता वा लाईसेन्स वा पासपोर्टको फाईलवा स्क्यान कपिसेवाग्राहीले अनलाइन प्रणालीबाट दिनुपर्ने हुन्छ। र हराएको कागजातको फोटो वा कुनै प्रमाण भए त्यो पनि त्यहाँ अपलोड गर्नुपर्ने हुन्छ।

उल्लेख सबै कुरा भरेपछि सबमिट गर्नुपर्ने हुन्छ। यसरी सबमिट गरेपछि सेवाग्राहीले एउटा एप्लिकेशन नम्बर प्राप्त गर्छन। एप्लिसन नम्बर प्राप्त गरेको २४ घण्टापछि सेवाग्राहीले सिफारिस लिन सक्नेछन।

तर यसका लागि वेबसाइटमा गएर चेक एप्लिकेसनमा क्लिक गरी दिएको एप्लिकेसन नम्बर, पुरा नामथर र डकुमेन्ट्स नम्बर राखेर सिफारिस लिन सक्नेछन। यसरी प्राप्त भएको सिफारिस रिपोर्टको प्रिन्ट लिएर सेवाग्राहीले यातायात कार्यालयमा गई हराएको लाइसेन्स, ब्लुबुक वा रुट परमिटको कागजात बनाउन सक्नेछन।

वि.सं.२०७७ असोज ७ बुधवार १७:४४ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...