७ असोज, काठमाडौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ जिल्लाका ६ जनाको मृत्यु भएको हो । जसमा १ जना महिला र ५ जना पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार आज झापाका ८६ वर्षीय, सिराहाका ५० वर्षीय, काठमाडौंका १६ वर्षीय, ललितपुरका ७४ वर्षीय, बर्दियाका ६४ वर्षीय र बर्दियाका ३९ वर्षीय पुरुष तथा काठमाडौंकी ६८ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । आज थपिएका ६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४३६ पुगेको छ । file photo
कोरोना संक्रमणबाट नेपालमा आज २ जनाको मृत्यु, मृतकको संख्या ४२९ पुग्यो
वि.सं.२०७७ असोज ७ बुधवार १७:३८ मा प्रकाशित



























