back
CTIZAN AD

कोरोना संक्रमणपछि उपचार गराइरहेका क्याप्टेन विजय लामाले गरे सरकारलाई यस्तो प्रश्न

वि.सं.२०७७ असोज ८ बिहीवार

675 

shares

८ असोज, काठमाडौं । कोरोना संक्रमण भएपछि दुई सातादेखि स्टार अस्पतालमा भनाई भइ उपचार गराईरहेका वरिष्ठ क्याप्टेन विजय लामाले अस्पतालको शैथ्याबाटै सरकारलाई केही प्रश्न गरेका छन् ।

कोरोना महामारीमा आफ्नो स्वास्थ्यको समेत ख्याल नगरी कोरोना संक्रमितको उपचारमा अहोरात्र खटेका चिकित्सक तथा स्वास्थ्यकर्मीको बारेमा उनले सरकार समक्ष प्रश्न उठाएका छन् ।

सामाजिक संजाल फेसबुकमा लेख्दै उनले भनेका छन्
‘पिपिइमा सबै एकै देखिन्छन् । अस्पतालमा भर्ना भएको करिब १० दिन बितिसक्दा पनि कसैलाइ चिन्न सकेको छैन ! यो कोविडको कहरमा यस्तै हुदो रहेछ !! बिहानको समय । वहाहरु सबैले कष्ट सहेर, ज्यान बाजिमा लगाएर हामी जस्ता संक्रमणमा परेकालाइ नयाँ जीवन दिनलाई अहोरात्र खटिएर सेवा पुर्याउनु भएको छ !
घर जान पाउनु हुन्न, दिनमा १२ घन्टाको ड्युटी हुन्छ. पिपिई दुई चोटि मात्र फेर्न पाउँछन् ! तर एकचोटी लगाएपछि लगातार ६÷७ घन्टा लगाएर बस्नु पर्छ र त्यो समय न त सौचालय प्रयोग गर्न पाउँछन्, न त केही पिउन या खान नै पाइन्छ न त गर्मी भएर छ्याप छ्याप ती पसिना आउदा नै फुकाल्नु मिल्छ !
यसरी खटिएकाहरुको लागि सरकारले कुनै सुबिधा दिलाउनु सकिन्न ? उल्टै तनखा पनि घटाएर काममा खटाउने ? कुनै बिमा गराउनु पर्दैन ? यो कतिको न्यायपूर्ण छ ?
आज हाम्रो नयाँ जीवन प्राप्तिमा वहाँहरुको ठूलो साथ भएको कुरामा दुई मत छैन ! आभार छु सबै मेडिकल टिमप्रति ।
बिनोद चौधरी दाइ, डा भोला रिजालज्यु, राजेन्द्र बहादुर सिंह भाइ अनि सम्पूर्णमा मेरो आग्रह यो छ कि केही बोलिदिनुस् । केही गरिदिनुस् वहाँहरुको लागि ! हाम्रा सन्ताननै हुन् !
अन्याय हुन न दिनुस् !! तनखा (तलब) कटाएर होइन..बढाएर अनि सुबिधा थपेर बलियो बनाउन पर्छ । भोलिका दिनहरु कठिन छन अझै !!
जय चन्द्र सुर्य!!’

https://www.facebook.com/captainvijay/posts/1450041945200133

 

वि.सं.२०७७ असोज ८ बिहीवार ०९:२१ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...