असोज ८, काठमाडौँ । मुम्बई इन्डियन्सले आईपिएलको पहिलो जित हासिल गरेको छ । हिजो भएको खेलमा मुम्बईले कोलकत्तालाई ४९ रनले पारजित गदौँ पहिलो जित निकालेको हो ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १९५ रन बनाएको थियो । मुम्बईका कप्तान रोहित शर्माले ५४ बलमा ८० रनको विस्फोटछक पारी खेलेका थिए । त्यसक्रममा उनले ६ छक्का र ३ चौका प्रहार गरेका थिए । कोलकत्ताको लागि बलिङ्गमा शिवम मावीले सर्वाधिक २ विकेट लिएका थिए ।
१९६ रनको विशाल लक्ष्य पछाएको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो । कोलकत्ताका लागि ब्याटिङ्गमा प्याट कमिन्सले सर्वाधिक ३३ रन बनाएका थिए । मुम्बईका लागि बलिङ्गमा बोल्ट, बुमराह, चाहर र प्याटिन्सनले २\२ र पोलार्डले १ विकेट हात पार्न सफल भएका थिए ।
जितसँगै मुम्बई इन्डियन्स २ खेलबाट २ अकं जाड्दैँ अकं तालिकाको शिर्ष स्थानमा रहेको छ ।
वि.सं.२०७७ असोज ८ बिहीवार ०९:३८ मा प्रकाशित






























