back
CTIZAN AD

आज यी पाँचवटा प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

वि.सं.२०७७ असोज ८ बिहीवार

873 

shares

८ असोज, काठमाडौं । हाल देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।
त्यस्तै अहिले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षा समेत भैरहेको छ ।

आज दिउँसो पनि सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षाको समेत संभावना रहेको छ ।

त्यस्तै आगामि २४ घण्टामा सबै प्रदेशका धेरै स्थानमा भारी वर्षा साथै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेको पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’ महाशाखाद्धारा विहिबार जारी सूचनामा भनिएको छ ।

त्यस्तै आज र भोली देशका विभिन्न नदीहरुमा पानीको बहाव उच्च हुने छन् भने नारायणी, पश्चिम राप्ती, बबई, तिनाहुँ, बाणगंगा र सहायक नदीमा बहाव खतराको आसपास हुने छ । साथै कर्णाली, कोशी, कन्काई, कमल, बागमती नदीमा पनि सतर्कता आसपास हुने भएकाले तटिय क्षेत्रमा साबधानी अपनाउन नेपाल बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले नारायणी नदीको बहाव खतरामाथि हुने पूर्वानुमान गरिएकाले तटिय क्षेत्रमा रहनेहरु आज र भोली सुरक्षित स्थानमा रहन पनि अनुरोध गरेको छ ।

रातो कलरले मार्क गरेका नदीहरुमा उच्च जोखिमको सम्भावना

वि.सं.२०७७ असोज ८ बिहीवार ०८:३८ मा प्रकाशित

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

काठमााडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप...

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

काठमाडौं । ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५०...

आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...