back

चिसो बढेसँगै विद्यालय बिदा, हिमपात जारी

वि.सं.२०७३ पुस २१ बिहीवार

699 

shares
IME Limited
NTC AD

२१ पुस,सोलुखुम्बु  । हिमपात तथा वर्षासँगै चिसो बढेपछि सोलुखुम्बुको माथिल्लो क्षेत्रमा पर्ने गाविसका विद्यालयमा जाडो बिदा दिइएको छ ।

विद्यालयले नियमित दिने मिन पचासको मौसमी बिदाअन्तर्गत केही विद्यालय पुस १५ देखि नै बिदा दिइएका थिए भने अधिकांशमा आजबाट बिदा दिएको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक इन्द्र दाहालले जानकारी दिनुभयो ।

नाम्चे, खुम्जुङ, चौरीखर्क, जुभिङ, टाक्सिन्दुलगायतका गाविसले ४५ दिनका लागि विद्यालय बिदा गरेका छन् भने दूधकुण्ड नगरपालिका, भकाञ्जे, गोली, वाकु, बुङलगायत गाविसका विद्यालयले ३० देखी ४५ दिनसम्म बिदा दिएका मञ्जुश्री प्रावि चौँरीखर्कका शिक्षक खगिन्द्रराज बास्तोलाले जानकारी दिनुभयो । अहिले माथिल्लो क्षेत्रमा पर्ने सातभन्दा बढी गाविसमा सेताम्मे भएर हिउँ जमेको छ भने अन्य गाविसमा पनि अत्यधिक चिसो बढेका कारण घर बाहिर निस्कन मुस्किल पर्ने गरेको छ ।

वर्खे बिदा दिने तल्लो क्षेत्रका विद्यालयले पनि मौसमी बिदाबाटै कटौती हुने गरी पाँचदेखि १० दिनका लागि विद्यालय बन्द गरेको जिल्ला शिक्षा कार्यालय, सोलुखुम्बुले जनाएको छ ।

गत शनिबारबाट वर्षा र हिमपातसँगै बढेको चिसोले सोलुखुम्बुको जनजीवन नराम्ररी प्रभावित भएको छ । अहिले पनि सदरमुकाम सल्लेरीलगायतको माथिल्लो क्षेत्रमा हिमपात भइरहेको छ ।

वि.सं.२०७३ पुस २१ बिहीवार ०७:४१ मा प्रकाशित

कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान

कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

बाँसबोटको भिरबाट खसेको पहिरोले म्याग्दी नदी थुनियो

बाँसबोटको भिरबाट खसेको पहिरोले म्याग्दी नदी थुनियो

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज...

जनप्रगतिशिल मञ्च नर्वेको पाँचौ अधिवेशन भव्य रूपमा सम्पन्न

जनप्रगतिशिल मञ्च नर्वेको पाँचौ अधिवेशन भव्य रूपमा सम्पन्न

ओस्लो । नेपाली जनप्रगतिशिल मञ्च नर्वेको पाँचौ अधिवेशन भव्य रूपमा...

बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

बलेवा (बागलुङ) । जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत्...

स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित

स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित

वालिङ । कृषि ज्ञान केन्द्र स्याङ्जाले यहाँका चार उत्कृष्ट कृषकलाई...

गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने

गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...