back
CTIZAN AD

चिसो बढेसँगै विद्यालय बिदा, हिमपात जारी

वि.सं.२०७३ पुस २१ बिहीवार

990 

shares

२१ पुस,सोलुखुम्बु  । हिमपात तथा वर्षासँगै चिसो बढेपछि सोलुखुम्बुको माथिल्लो क्षेत्रमा पर्ने गाविसका विद्यालयमा जाडो बिदा दिइएको छ ।

विद्यालयले नियमित दिने मिन पचासको मौसमी बिदाअन्तर्गत केही विद्यालय पुस १५ देखि नै बिदा दिइएका थिए भने अधिकांशमा आजबाट बिदा दिएको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक इन्द्र दाहालले जानकारी दिनुभयो ।

नाम्चे, खुम्जुङ, चौरीखर्क, जुभिङ, टाक्सिन्दुलगायतका गाविसले ४५ दिनका लागि विद्यालय बिदा गरेका छन् भने दूधकुण्ड नगरपालिका, भकाञ्जे, गोली, वाकु, बुङलगायत गाविसका विद्यालयले ३० देखी ४५ दिनसम्म बिदा दिएका मञ्जुश्री प्रावि चौँरीखर्कका शिक्षक खगिन्द्रराज बास्तोलाले जानकारी दिनुभयो । अहिले माथिल्लो क्षेत्रमा पर्ने सातभन्दा बढी गाविसमा सेताम्मे भएर हिउँ जमेको छ भने अन्य गाविसमा पनि अत्यधिक चिसो बढेका कारण घर बाहिर निस्कन मुस्किल पर्ने गरेको छ ।

वर्खे बिदा दिने तल्लो क्षेत्रका विद्यालयले पनि मौसमी बिदाबाटै कटौती हुने गरी पाँचदेखि १० दिनका लागि विद्यालय बन्द गरेको जिल्ला शिक्षा कार्यालय, सोलुखुम्बुले जनाएको छ ।

गत शनिबारबाट वर्षा र हिमपातसँगै बढेको चिसोले सोलुखुम्बुको जनजीवन नराम्ररी प्रभावित भएको छ । अहिले पनि सदरमुकाम सल्लेरीलगायतको माथिल्लो क्षेत्रमा हिमपात भइरहेको छ ।

वि.सं.२०७३ पुस २१ बिहीवार ०७:४१ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...