back
CTIZAN AD

मन्त्रिपरिषद पुनर्गठन : मन्त्रालय नै फुटाउने तयारी हुँदै

वि.सं.२०७७ असोज ११ आइतवार

954 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मन्त्रिपरिषद पुनर्गठनको तयारीमा छ । गत भदौ २६ मा सम्पन्न स्थायी समिति बैठकले मन्त्रिपरिषद पुनर्गठन बारे प्रस्ताव पारित गरेको थियो । जुन प्रस्तावअनुसार नै नेकपाले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेको हो ।

यसअघि गत आइतबार बसेको पार्टी सचिवालय बैठकले मन्त्रिपरिषद पुनर्गठनबारे नीतिगत निर्णय गरेको थियो । पार्टी निर्णयपश्चात पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच निरन्तर छलफल चलिरहेको छ ।

मन्त्रिपरिषद पुनर्गठनबारे सचिवालय बैठकले विभिन्न तीनवटा मोडेललाई अघि सारेको थियो । जसमा प्रधानमन्त्रीबाहेक सबैलाई बिदाई गर्ने, दुई वर्ष पुरा गरेकालाई बिदाई गर्ने र तेस्रो बिकल्पका रुपमा कार्य सम्पादनको मूल्याकनको आधारमा हेरफेर गर्ने ।

तर, मन्त्रिपरिषद पुनर्गठनको मोडेलबारे अध्यक्षद्वयसहित नेकपाका शीर्ष नेताहरुबीच सहमती नजुटिरहेको बेला मन्त्रालय नै फुटाउने तयारी भएको छ । आइतबार बोलाइएको मन्त्रिपरिषद बैठकलाई पनि त्यहि फुटाउने तयारीको रुपमा हेरिएको छ ।

मन्त्रालय फुटाएपश्चात मात्रै मन्त्रिपरिषद पुनर्गठन

पुनर्गठनका विषयमा आन्तरिक सहमती बन्न नसकिरहेका बेला नेकपाले मन्त्रालय नै फुटाएर मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेको छ । विश्वस्त स्रोतअनुसार हाल चार वटा मन्त्रालयमध्येबाट केहिलाई फुटाउनेबारे छलफल भएको छ ।

स्रोतका अुनसार भौतिक पूर्वाधार तथा यातायात, उर्जा जलश्रोत तथा सिंचाइ, उद्योग वाणिज्य तथा आपूर्ति र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमध्येबाट फुटाई मन्त्रिपरिषद पुनर्गठन गर्नेबारे छलफल अघि बढेको छ । केहि दिनदेखि दुई अध्यक्षबीच चलेको छलफल पनि मन्त्रालय फुटाउने विषयमा केन्द्रित थियो ।

मध्यान्ह १२ बजेदेखि बोलाइएको बैठकले जसबारे अन्तिम निर्णय लिनसक्ने सम्भावना रहेको बताइएको छ ।

सम्बन्धित समाचार

मन्त्रिमण्डल पुनर्गठन, क–कसको नाम छ चर्चामा ?

वि.सं.२०७७ असोज ११ आइतवार ११:३७ मा प्रकाशित

वनकाली धर्मशालाको पुनःनिर्माण सुरु, सुनिता डंगोलले गरिन् शिलान्यास

वनकाली धर्मशालाको पुनःनिर्माण सुरु, सुनिता डंगोलले गरिन् शिलान्यास

काठमाडौँ । पशुपति क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको वनकाली...

देशैभरी मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

प्रतिनिधिसभामाको आजको बैठक, चार विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभामाको आजको बैठक, चार विधेयक प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज...

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बु । सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा...

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

काठमाडौँ । सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन...

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...