back
CTIZAN AD

मुम्बईलाई सुपर ओभरमा पराजित गदैँ बेङ्गलोरले निकाल्यो दोस्रो जित

वि.सं.२०७७ असोज १३ मंगलवार

708 

shares

असोज १३, काठमाडौँ । मुम्बई इन्डियन्स विरुद्ध सुपर ओभरमा रोमान्चक जित निकाल्दैँ रोयल च्यालेन्जर्सले आईपिएलमा दोस्रो जित निकालेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको बेङ्गलोरले २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएको थियो । बेङ्गलोरका ३ ब्याट्सम्यानले अर्धसतक बनाएका थिए । ओपनर एरण फिंच ५३ रन बनाएर आउट भएका थिए भने देवदत्त पाडीकल ५४ रन बनाएर आउट भएका थिए । त्यसैगरी एबी डि भिलियर्सले पनि २४ बलमा ५५ रनको विस्फोटक परी खेल्दैँ बेङ्गलोरलाई २०० रन पार गराएका थिए । मुम्बईका लागि बलिङ्गमा बोल्टले सर्वाधिक २ विकेट लिए।

२०२ रनको विशाल लक्ष्य पछाएको मुम्बईले राम्रो सुरुवात भने गर्न सकेन । मुम्बईले ७४ रन बनाउदाँ आफ्नो ४ विकेट गुमाईसकेको थियो । त्यसपछि ब्याटिङ्ग गर्न आएका इशान किसन र काइरन पोलार्ड विस्फोट ब्याटिङ्ग गदौँ खेल बराबरीमा पुराएका थिए । इशान किसन ५८ बल खेल्दैँ ९९ रन बनाएर आउट भएका थिए भने पोलार्ड २४ बलमा ६० रन बनाएर नटआउट रहेका थिए ।

सुपर ओभरमा पहिले ब्याटिङ्ग गरेको मुम्बईले ६ बल खेल्दैँ ७ रन मात्र बनाउन सक्यो । सुपर ओभरमा मुम्बईले दिएको ८ रनको लक्ष्य बेङ्गलोरले अन्तिम बलमा पुरा गदैँ रोमान्चक जित निकाल्यो ।

सुपर ओभरमा जित निकालेसँगै बेङ्गलोरले ३ खेलबाट ४ अकं जाड्दैँ अकं तालिकाले तेस्रो स्थानमा उक्लेको छ ।

वि.सं.२०७७ असोज १३ मंगलवार ०९:४५ मा प्रकाशित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...