१३ असोज, काठमाडौं । नेपालमा मंगगलबार ७३१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ७३१ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ७३१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ ।
हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ५०७०, प्रदेश २ मा १३,५६३, बागमती प्रदेशमा १५३११, गण्डकी प्रदेशमा ३२९३, प्रदेश नं ५ मा ८५७१, कर्णाली प्रदेशमा २८६६ र सुदूरपश्चिम प्रदेशमा ६६९८ जना गरी हालसम्म जम्मा ५५ हजार ३७१ जना निको भएका हुन् ।
आज ७४२ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै निको हुनेको संख्या ५४,६४० पुग्यो
वि.सं.२०७७ असोज १३ मंगलवार १६:२७ मा प्रकाशित




























