back
CTIZAN AD

अफगानिस्तानमा बम बिस्फोट, कम्तीमा १५ जनाको मृत्यु

वि.सं.२०७७ असोज १४ बुधवार

768 

shares

१४ असोज । मध्य अफगानिस्तानको डेकुन्डी प्रान्तमा भएको बम बिस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको अफगान गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता तारिक आरियनका अनुसार डकुन्डीको कर्जान जिल्लामा तालिबान लडाकू समूहले बिछ्याएको भूमिगत बारुदी सुरुङ बिस्फोटबाट ठूलो क्षति पुगेको हो ।

उनले बिस्फोटबाट मारिनेहरुमा अधिकांश महिला र बालबालिका रहेको जानकारी दिए । तालिबान समूहले भने उक्त घटनाका बारेमा केही बताएको छैन ।

अफगान सरकार र तालिबानबीच कतारको राजधानी दोहामा वार्ता जारी रहेकै अवस्थामा सशस्त्र भिडन्त र बम बिस्फोटनका घटना रोकिएका छैनन् ।

अन्तर–अफगान वार्ता गत सेप्टेम्बर १२ देखि जारी छ । दुबै पक्षले अफगानिस्तानमा जारी लामो सशस्त्र द्वन्द्व अन्त्य गर्ने उद्देश्यले दिर्घकालीन युद्धबिराम गर्न प्रयासरत रहेको बताएका छन् ।

वि.सं.२०७७ असोज १४ बुधवार १०:०२ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...