back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका ९०२ सहित देशैभर थपिए १५५९ जना कोरोना संक्रमित

वि.सं.२०७७ असोज १४ बुधवार

834 

shares

१४ असोज, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ९०२ जनासहित देशैभरी १५५९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६९७ ललितपुरमा ११२ र भक्तपुरमा ९३ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुर, ताप्लेजुङ, भोजपुर र संखुवासभामा १÷१ जना, भापामा १९, मोरङमा ९८ र सुनसरीमा ३८ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा १, पर्सामा १७, बारामा १०, महोत्तरीमा ११, सप्तरीमा ७, सर्लाहीमा २ र सिराहामा २ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ६९७, काभ्रेपलान्चोकमा ९, चितवनमा ६२, दोलखामा ३, धादिङमा ८, नुुवाकोटमा ३, भक्तपुरमा ९३, मकवानपुरमा ३८, रामेछापमा २, ललितपुरमा ११२, सिन्धुपाल्चोकमा ६ र सिन्धुलीमा ३ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १६, गोरखामा १५, तनहुँमा ५, नवलपरासीपुर्वमा ४५, पर्वत र म्याग्दीमा १\१, लमजुङ र बाग्लुङमा २\२ जना र स्याङजामा ३ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को कपिलवस्तुमा २, गुल्मीमा १, दाङमा ५, नवलपरासीमा १, पाल्पामा ६, प्युठानमा ३, बर्दियामा १०, बाँकेमा २७, रुपन्देहीमा ७० र रोल्पामा २ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा ४, जुम्लामा २, दैलेखमा ५, सल्यानमा १, सुर्खेतमा ४१, र हुम्लामा २ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा २, कैलालीमा २३, डडेल्धुरामा २, डोटीमा ८ र बझाङमा १जना संक्रमित थपिएसँगै आज देशैभरी १५५९ जना संक्रमित थपिएका छन् । जसमा महिला ५८२ र पुरुष ९७७ जना रहेका छन् ।

आज थपिएका १५५९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।

आज काठमाडौं उपत्यकामा थपिए ९३४ संक्रमित, देशैभरी १५१३ जनामा संक्रमण

 

वि.सं.२०७७ असोज १४ बुधवार १६:५२ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...