back
CTIZAN AD

ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, आज उपत्यकाका ९४३ सहित देशैभरी १९११ संक्रमित

वि.सं.२०७७ असोज १५ बिहीवार

729 

shares

१५ असोज, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ९४३ जनासहित देशैभरी १९११ जना कोरोना संक्रमित थपिएका छन् । नेपालमा आज एकैदिन सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ८१७, भक्तपुरमा ५८ र ललितपुरमा ६८ जना नयाँ संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा ३, ओखलढुंगामा ३, खोटाङमा २, झापामा ४, ताप्लेजुङ र भोजपुरमा १÷१ जना, मोरङमा १०५ र सुनसरीमा ६६ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा १९, पर्सामा २८, बारामा १४, महोत्तरीमा १६, रौतहटमा ४, सप्तरीमा १६ र सर्लाहीमा ५ र सिराहामा ३९ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ८१७, काभ्रेपलान्चोकमा १७, चितवनमा ८६, दोलखामा ३, धादिङमा १७, नुवाकोटमा १०, भक्तपुरमा ५८, मकवानपुरमा १७, रामेछापमा ६, ललितपुरमा ६८, सिन्धुपाल्चोकमा ३ र सिन्धुलीमा ४ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा २८, गोरखामा ५, तनहुँमा ८, नवलपरासीपुर्वमा १४, पर्वतमा २, लमजुङमा २, बाग्लुङमा १४ र स्याङजामा १ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को कपिलवस्तुमा ३, गुल्मीमा ३, दाङमा ९, नवलपरासीमा १०, बर्दियामा ४, बाँकेमा ३०, रुकुमपुर्वमा ५ र रुपन्देहीमा ९१ जनामा संक्रमण पु्ष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा ७, जुम्लामा ३७, दैलेखमा २, मुगुमा २, रुकुमपश्चिममा ३ र सल्यानमा ३ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा २४, कैलालीमा १६१, डडेल्धुरामा १, बझाङमा २ र बैतडीमा ४ जना गरी आज देशैभरी १९११ जना संक्रमित थपिएका छन् ।

उनीहरुमा ६२८ महिला र १२८३ जना पुरुष रहेका छन् । आज थपिएका १९११ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ९०२ सहित देशैभर थपिए १५५९ जना कोरोना संक्रमित

वि.सं.२०७७ असोज १५ बिहीवार १६:४५ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...